अनुसन्धान र अभियोजनलाई सुधार गर्न आवश्यक : महान्यायाधिवक्ता पोखरेल

विराटनगर २० वैशाख । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले अनुसन्धान र अभियोजनलाई सुधार गर्न आवश्यक देखिएको बताउनु भएको छ । पोखरेलले अनुसन्धान र अभियोजन बलियो भएन भने मुद्दामा सवाल जवाफले मात्रै परिणाम नदिने एवं ठोस उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्नुभयो । लैंगिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता (प्रहरी), अभियोजनकर्ता (सरकारी वकिल) तथा न्याय सम्पादनमा […]

२१ वर्षपछि नेपाल एसिया कपमा

विराटनगर १९ वैशाख । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनोट भएको छ । टियु मैदानमा आज भएको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो । युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे । नेपालका लागि गुलसन झाले […]

पहाडी क्षेत्रमा आकर्षक कृषि आयोजनाले वसाई सराई रोक्ने : मुख्यमन्त्री कार्की

विराटनगर १९ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रमा आकर्षक कृषि परियोजनाले वसाईसराई रोक्ने बताउनु भएको छ । पहाडी क्षेत्र काष्ठफुल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाई काठमाडौद्वारा आज यहाँ आयोजित पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उहाँले यस प्रकारको आयोजनाले कृषकको जीवनस्तर वृद्धि हुनुका […]

मजदुर दिवसमा यूवा संघ महानगरद्धारा ५ जना सम्मानित

विराटनगर १९ वैशाख । विश्व मजदुर दिवसका अवसरमा राष्ट्रिय यूवा संघ नेपाल विराटनगर महानगर कमिटीले पाँच जना श्रमिकलाई सम्मानित गरेको छ । विराटनगरको रानी मिल्स एरियाका मजदुरको क्षेत्रमा विशेष योगदान पुर्याउने अग्रज श्रमिकहरु शुसिलादेवी दाहाल, राजु श्रेष्ठ, आविद सरदार, मञ्चलाल पासवान र किरणकुमार श्रेष्ठलाई सम्मानित गरिएको यूवा संघ विराटनगर महानगर कमिटीका अध्यक्ष निराजन ढुङ्गानाले जानकारी […]

श्रमिक वर्गको अधिकारका लागि निर्माण भएका ऐन कानून कार्यान्वयनका लागि प्रतिबद्ध छौं : मुख्यमन्त्री कार्की

विराटनगर १८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रमिक वर्गको अधिकारका लागि निर्माण भएका ऐन कानून पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनु भएको । १३४ औं विश्व मजदुर दिवसको अवसरमा आज विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीविमा शुभकामना सन्देश दिनुहुन्दै मुख्यमन्त्री कार्कीले सो प्रतिबद्धता जनाउनु भएको हो । सन्देशमा उहाँले भन्नुभएको छ ‘श्रमजीवीवर्गको अधिकार […]