विराटनगर २ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तरी वर्षको उमेरहद उपयोगी नभएकाले आफ्नो पार्टीले पनि उमेरहद हटाउने निर्णय गर्नु परेको बताउनु भएको छ । ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नु परेको […]
विराटनगर २ असार । हाम्रो क्लव विराटनगरले आज खेलकुदका सामग्रीहरु हस्तान्तरण गरेको छ । हाम्रो क्लव विराटनगरले वडा कार्यालय विराटनगर ५ को आर्थिक सहयोगमा भेट्रान खेलाडी तथा बाल क्लवका पदाधिकारीहरुलाई खेल सामग्री वितरण गरेको क्लवका अध्यक्ष रमेश आचार्यले जानकारी दिनुभयो । वडा कार्यालयको १ लाख आर्थिक सहयोगमा खेल सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा […]
विराटनगर १ असार । मानव अधिकार सञ्जाल मोरङको संयोजकमा विनोद पोखरेल सर्वसम्मत चयन हुनु भएको छ । मानव अधिकारकर्मीहरूको विहिबार विराटनगरमा भएको भेलाले माइती नेपाल विराटनगरका संयोजक समेत रहनु भएका पोखरेललाई संयोजकमा निर्वाचित गरेको हो । भेलाले सहसंयोजकमा बाग्मता कट्टेललाई चयन गरेको छ । कट्टेल अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेश कार्यक्रम अधिकृत हुनुहुन्छ […]
विराटनगर ३२ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ […]
विराटनगर ३२ जेठ । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रमा सञ्चालित होस्टललाई व्यवस्थित बनाउने भएको छ । महानगरका प्रमुख नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली र सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको उपस्थितिमा भएको छलफलले होस्टल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन कार्यदलसमेत गठन गरेको छ । वडा नम्बर १ का अध्यक्षसमेत रहनु भएका सामाजिक विकास समितिका […]