कृषि समाचार सम्प्रेषण सम्बन्धी अभिमूखीकरण

विराटनगर ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशीप्रदेशका पत्रकारहरुलाई कृषि समाचार सम्प्रेषण सम्बन्धी अभिमूखीकरण कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ । कार्यक्रममा महासंघ कोशीप्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेशको स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सृजना गर्न र उद्योगी व्यवसायीहरुको व्यवसायिक क्षमता विकासका लागि महासंघले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउनु भयो । उहाँले राज्यपुनसंरचनापछि […]

मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो पुसमा

विराटनगर ११ मंसिर । मोरङ व्यापार सङ्घ विराटनगरले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–२ मा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म एक्स्पोको आयोजना गरिने जानकारी दिएको छ । यस क्षेत्रको कृषि, पर्यटन , ठूला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवद्र्धन […]

कोशी प्रदेशस्तरीय महिलावादी महिला मञ्च आजदेखि विराटनगरमा शुरु

विराटनगर ११ मंसिर । विराटनगर कोशी प्रदेशस्तरीय महिलावादी महिला मञ्च आजदेखि विराटनगरमा शुरु भएको छ । होटल मनास्लुमा दुईदिन सम्म चल्ने सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलाहरुलाई उद्यमी बनाउने बताउनु भयो । महिला मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा उहाँले महिलालाई तालीम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक […]

उच्चस्तरीय जनशक्ति उत्पादनमा ध्यान दिन विश्वविद्यालयहरुलाई प्रधानमन्त्रीको आग्रह

विराटनगर १० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरूले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । आइतबार पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औँ सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री दाहालले देशमा क्रियाशील सबै विश्वविद्यालय […]

बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्नु : मुख्यमन्त्री कार्की

विराटनगर १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताउनुभएको छ । आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँको अन्तरक्रियामा उहाँले बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएको हो । बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको उल्लेख गर्दै प्रतिस्थापन विधेयकले मानवीय विकासलाई समेत जोड […]