काठमाण्डौं, २ चैत । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराएको हो । यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको छ । युएईले दिएको ३ सय ११ […]
विराटनगर २ चैत । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको भन्दै दलहरुलाई कुनै प्रकारको बैठक, छलफल, अन्तक्र्रिया र सभा समारोह नगर्न आग्रह गरेको छ । निर्वाचन हुने भन्दा अघिल्लो दिन आयोगले जारी गरेको विज्ञप्तिमा कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि […]
विराटनगर २ चैत । शिक्षादीप माध्यमिक विद्यालयले एमबीबीएसको प्रवेश परीक्षामा उत्कृष्ट परिणाम ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सो विद्यालयबाट कक्षा ११ र १२ पढाइ पूरा गरेकी छात्रा अदिती जैनले हालै चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थानमा नाम निकालेकी थिइन् । जैन कुुल करिब १८ हजार परीक्षार्थीहरु मध्ये चौथो तथा छात्राहरुमा […]
विराटनगर १ चैत । सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताउनुभयो । बढेको दूधको मूल्य बिहीबारदेखि लागू हुने उनले बताए । अब डीडीसीको […]
विराटनगर १ चैत । यही चैत ३ गतेदेखि प्रदेश राजधानी विराटनगरमा नेपाल–भारत साहित्य महोत्सव हुने भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा तीनदिने साहित्य महोत्सव हुने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गरेर आयोजकले महोत्सवबारे जानकारी दिएको छ । विराटनगर ठाकुरवाडी रोडस्थित रामजानकी सेवा सदनमा हुने महोत्सवमा भारतबाट १ […]