प्याब्सनमा आवद्ध सदस्यहरुको न्यूरोले सहुलियतमा उपचार गर्ने

विराटनगर २२ वैशाख । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियतमा उपचार गर्ने समझदारी भएको छ । समझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सहुलियतमा उपचार गरिदिने भएको हो । समझदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गर्नुभएको छ । न्यूरोले समझदारी अनुसार प्याब्सन आवद्ध सदस्य, […]

ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई फिक्कलमा सम्मान

विराटनगर २२ वैशाख । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत इलामको सूर्याेदय नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । सूर्याेदय नगरपालिकाले कन्याममा स्वागत तथा फिक्कलमा सम्मान गरेको हो । मोरङको विराटचोकमा तेश्रो ओलम्पियन रियुनियन सकेर इलाम आएका खेलाडीहरुलाई फिक्कल बजार परिक्रमा गराएर फेन्सोङ गुम्बा परिसरमा सम्मान गरिएको हो । कार्यक्रममा १४ औ राष्ट्रपति […]

वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित

काठमाण्डौं २२ वैशाख । अनिलकुमार साह र आशिफ शेख लयमा फर्किएसँगै वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । योसँगै नेपालले सान्त्वना जितसहित ५ खेलको टी–२० शृंखला वेस्ट इन्डिजलाई ३–२ ले सुम्पिएको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी […]

राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिल्नु पर्छ : भीम पराजुली

विराटनगर, २२ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस विराटनगर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले यस्तो बताउनु भएको हो । विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै उनले स्थिर सरकारले […]

विपन्न र असहाय बिरामीका लागि १० प्रतिशत बेड छुट्याउन विराटनगर महानगरको निर्देशन

विराटनगर २१ बैशाख । विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि नेपाल सरकारले तोकेको १० प्रतिशत बेड अनिवार्य छुट्याई कार्यान्वयनमा ल्याउन विराटनगर महानगरपालिकाले अग्रसरता देखाएको छ । विराटनगर महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्थ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर महानगरले कुल बेडको १० प्रतिशत अनिवार्य छुट्याउन निर्देशन दिएको छ । प्रमुख नागेश कोइरालाले नेपाल सरकारले तोकेको सुविधा […]