विराटनगर २ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै हुनुहुन्छ ।
आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यक्रम छ । सत्तासमीकरण परिवर्तन भएपछि नेकपा माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । कोशी प्रदेश सरकारबाट गएको साउन ११ गते माओवादी बाहिरीएको थियो ।
सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काँग्रेस सहभागी भएको छ ।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुन भएका कार्कीले दोश्रो पटक लिन लागेको विश्वासको मत लिन लाग्नु भएको हो । गत बैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले पहिलो पटक बैशाख ३१ गते विश्वासको मत लिनु भएको थियो ।
९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक काँग्रेसका २९ सांसद रहेका छन् । कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।