विराटनगर १४ चैत । सुनकोशीमा बेपत्ता भएका थप २ जना बालबालिकाको शव भेटिएको छ । धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल थप ८ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव उत्रिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले बताए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । मंगलबार ९ […]
विराटनगर ११ चैत । विराटनगरमा सहकारी अभियान्ताहरुवीच होली पर्वको अवसरमा शुभकामना आदान प्रदान गरिएको छ । जिल्ला सहकारी संघ लिमिडेड मोरङ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड मोरङको संयुक्त आयोजनामा आज शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा सहकारी अभियान्ताहरुले एक आपसमा विभिन्न रंगको अविर लगाएर शुभकामना आदानप्रदान गरेका थिए । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष […]
विराटनगर ११ चैत । नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई सो निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन […]
विराटनगर ११ चैत । आज रङहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि भव्यताका […]
विराटनगर १० चैत । विराटनगर महानगरपालिकाले ऐलानी जग्गा खोजी सुरु गरेको छ । विराटनगरका विभिन्न वडामा रहेका ऐलानी जग्गाको महानगरले खोजी सुरु गरेको हो । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर–११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाप गरिएको छ । वर्षौदेखि बेवारिसे अवस्थामा रहेको सो जग्गा महानगरको भएको निष्कर्षसहित […]