पत्रकार चिना थापालाई सहकारी पत्रकारीता पुरस्कार

विराटनगर १८ चैत । यस बर्षको उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कार सहकारी अखबार डट कम कोशी प्रदेश संवाददाता चीना थापालाई प्रदान गरिने भएको छ । हरेक बर्षको राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने उक्त पुरस्कार यो बर्ष पत्रकार थापालाई दिईने निर्णय गरिएको हो । ६६ औं राष्ट्रिय सहकारी दिवस : मूलसमारोह समितिको केहि दिन अगाडि बसेको […]

एसईई परीक्षा आजदेखि, सबैभन्दा धेरै परीक्षार्थी बागमतीमा

विराटनगर १७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार […]

प्रधानमन्त्री दाहालले आज सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै

विराटनगर १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । गएराती अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति शुक्रबारलाई सरेको हो । सत्तारुढ गठबन्धनमा सहभागी दलहरुले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई आ–आफ्ना दलबाट सरकारमा सहभागी हुनेहरुको नाम दिने भएका छन् । नाम प्राप्त भएलगत्तै प्रधानमन्त्री […]

६१ वर्षपछि आयोजकलाई विराट गोल्डकपको उपाधि

विराटनगर १६ चैत । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ […]

विराट गोल्डकपको उपाधिका लागि घरेलु टोली विराटनगर सिटी र लुका सकर भिड्ने

विराटनगर १५ चैत । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बिहीबार ६ : ४५ बजे हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली […]