कोशी प्रदेशमा पहिचानवादी परिचालित भए : किशोर विश्वास

विराटनगर २५ मंसिर । समावेशी समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष किशोरकुमार विश्वासले कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानवादीहरुले शुरु गरेको आन्दोलन परिचालित भएको दावी गर्नु भएको छ । उहाँले नामकरण विरुद्धको आन्दोलन पार्टी लक्षित हुनु हुँदैन भन्नुभयो । विराटनगरमा आज समावेशी समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,‘ पहिचानवादीको आन्दोलन प्रतिपक्षी दल र दलको […]

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सचेतनामूलक र्याली

विराटनगर २४ मंसिर । ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर विराटनगर महानगरपालिकाले सचेतनामूलक र्याली आयोजना गरेको छ । विराटनगर महानगरपालिकाबाट सुरु भएको र्यालीले गोल्छाचोक, जलजलाचोक, ट्राफिक चोक हुँदै जनआन्दोलन चोकमा पुगेर समापन भएको थियो । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनसमेत गरिएको थियो । र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले […]

मानवअधिकारकर्मी शर्मा र कट्टेल सम्मानित

विराटनगर २४ मंसिर । ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर मानवअधिकार सञ्जाल मोरङले दुईजना मानवअधिकारकर्मीलाई सम्मान गरेको छ । आज विराटनगरमा आयोजित कार्यक्रममा मानवअधिकारका क्षेत्रमा लामो समयदेखि कार्य गरेबापत वरिष्ठ पत्रकार तथा मानव अधिकारकर्मी यज्ञ शर्मा र इन्सेककी वागमति कट्टेललाई सम्मान गरिएको थियो । सञ्जाल विराटनगरका अध्यक्ष विनोद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै […]

शर्मा र कट्टेल मानव अधिकार सम्मानबाट सम्मानित हुने

विराटनगर २३ मंसिर । ७५ औं अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दुई जना मानव अधिकारकर्मीलाई सम्मानित गरिने भएको छ । मानव अधिकार सञ्जाल विराटनगरले पत्रकार तथा मानव अधिकारकर्मी यज्ञ शर्मा र मानव अधिकारकर्मी बागमति कट्टेललाई मानव अधिकार सम्मानबाट सम्मानित गर्ने भएको हो । अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सञ्जालले हरेक वर्ष २ जना अधिकारकर्मीहरुलाई सम्मानित […]

विराटनगरमा एक महिला मृत फेला

विराटनगर २३ मंसिर । विराटनगर महानगरपालिका– १२ स्थित पाञ्चालीमा एक जना मृत अवस्थामा भेटिएकी छन् । महेन्द्र मोरङ क्याम्पसको उत्तरतर्फ पाञ्चालीमा ३३ वर्षीया बन्दना मगर मृत अवस्था भेटिएकी मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । आज बिहान मगरलाई कलेज जाने बाटो छेउमा लडेको अवस्था देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो ।  मृतक […]