वाढीपहिरोबाट मृत्यु भएका एवं घाइतेलाई विशेष राहत उपलव्ध कांग्रेस कोशीको माग

विराटनगर १६ असोज । शुक्रबार र शनिबारकाको भारि वर्षाका कारण आएको वाढीपहिरोबाट मृत्यु भएका एवं घाइतेलाई विशेष राहत उपलव्ध गराउन नेपाली कांग्रेस कोशीले माग गरेको छ ।

मुलुकमा अहिले देखिएको जटिल परिस्थितिमा नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ताहरुलाई राहत एवं उपचार कार्यमा सक्रिय रुपमा लाग्न समेत उसले आग्रह गरेको छ । नेपाली कांग्रेस कोशी प्रदेश समितिले आज पत्रकार सम्मेलन गरि वाढी र पहिरोबाट घाइते भएकाहरुकोे शिघ्र स्वास्थ्य लाभको कामना सहित निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

प्रदेश समितिका प्रवक्ता यदु विष्टले वाढी पहिरोका कारण काठमाण्डौ र कोशी प्रदेशको विभिन्न जिल्लाहरुको विराटनगरसँग जोडने सडकहरु यथाशिघ्र सञ्चालन ल्याउन सरकार समक्ष आग्रह गर्नु भएको छ । पत्रकार सम्मेलनमा कालाबजारी, महंगी, भ्रष्टाचार नियन्त्रण गर्नका लागि सम्वन्धित सरोकारवालाई निकायहरुलाई आग्रह गर्दै आम नागरिकहरु पनि सचेत रहन अनुरोध गरिएको छ ।

कांग्रेस प्रदेश कार्यसमितिले पूर्णता प्राप्त गरी हालसम्म २२ बटा विभागहरु गठन भईसकेको र चाँडै प्रदेश सम्मेलन गरिने जानकारी प्रवक्ता विष्टले दिनुभयो ।