विराटनगर ८ साउन । राष्ट्रिय जनगणना २०७८ अनुशार कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ छ । सो जनसंख्यालाई सुरक्षा दिने प्रहरीको संख्या प्रदेशभर १० हजार ३२ छ । प्रदेशको दरबन्दी १० हजार ७१७ हो । दरबन्दी अनुसार ६८५ जनशक्ति अभाव रहेको कोशी प्रदेश प्रहरीका प्रमुख डिआईजी चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो । आर्थिक वर्ष […]
विराटनगर ७ साउन । नेपाल रेडक्रस सोसाइटी मोरङले विपदका समयमा नागरिकको उद्धारका लागि आज मोरङको जहदा गाउँपालिक र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर वुढीगंगालाई दुई थान रवर वोट लगायतका सामाग्री हस्तान्तरण गरेको छ । मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा आज आयोजित एक समारोह बीच रेडक्रसका मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका […]
विराटनगर ७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताउनुभएको छ । आज पुष्पलाल स्मारक समिति विराटनगरले आयोजना गरेको पुस्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले खेलेको भूमिका र संघर्षको कारण राजनीतिक परिवर्तन भएको बताउनुभयो । नेकपा एमाले नेपाल कम्युनिष्ट आन्दोलनको […]
विराटनगर ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाउनु भएको छ । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्यो भने एक मत तटस्थ रह्यो । संसदमा आइतबार २६३ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, […]
विराटनगर ६ साउन । कान्तिपुर कलेज विराटनगरले ९२० विद्यार्थीलाई भर्ना गरेको छ । कक्षा ११ को विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टमा १ हजार ३७ विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । प्रवेश परीक्षा दिएका मध्ये कलेजले ९२० विद्यार्थीको भर्ना गरेको हो । कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई आज कलेजले सिटी प्यालेस विराटनगरमा स्वागत तथा अभिमुखीकरण […]