विराटनगर १२ असोज । कोशी प्रदेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरी बराहक्षेत्र स्थित श्रीलंका टापुमा फसेकाको उद्धार गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ ।
बराहक्षेत्र नगरपालिका ६ र ९ को श्रीलंका टापुमा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनु भएको हो ।
सप्तकोशी व्यारेज र बराहक्षेत्रमा बाढी र डुवानको अवस्थाबारे निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री कार्कीसँगै निरीक्षणको क्रममा तीन वटै सुरक्षा निकायका प्रदेश प्रमुख सहभागी थिए । फसेकाहरूको हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ ।
मुख्यमन्त्री कार्कीले उद्धारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन समेत दिनुभएको छ ।