विराटनगर १४ असोज । बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि तीनै तहका सरकारवीच समन्वय हुनुपर्ने पर्ने एक कार्यक्रमका सहभागिहरूले बताएका छन् ।
आज विराटनगरमा आयोजित बालअधिकार संरक्षण तथा प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले तीन तहको सरकारवी समन्वय हुनुपर्ने बताएका हुन् । कार्यक्रममा कोशी प्रदेशसभाको सामाजिक विकास समति सभापति गयानन्द मण्डलले संघीयता पछि तीनै तहका सरकारले आफू अनुकुल योजना ल्याउने र कार्यक्रम गर्ने प्रबृत्तीले योजना तथा कार्यक्रमहरू प्रभावकारी हुन नसकेको धारणा राख्नुभयो । उहाँले तीनै तहका सरकारवीच समन्वयमा कार्यक्रमहरू संचालन भए त्यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
नेपाल नगरपालिका संघ कोशी प्रदेशका अध्यक्ष तथा वेलवारी नगरपालिका प्रमुख दिलप्रसाद राईले कलिाला बालबालिकालाई विद्यालय पठाउने प्रचलन बढ्दै जाँदा बालबालिकाको अधिकार हनन भइरहेको बताउनुभयो । उहाँले अढाइ वर्षका कलिला बालबालिकालाई विद्यालय पठाउँदा उनिहरूको बाल्यकाल निक्कै कष्टकर भइरहेको राईले बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआईजी चन्द्रकुवेर खापुङले बालबालिकाहरूलाई पठन–पाठन तथा अन्य सन्देशमुलक सामाग्रीहरू उनिहरूकै मात्रृभाषामा लेखिनुपर्ने बताउनुभयो । खापुङले बालअधिकार संरक्षणका लागि राज्यले विभिन्न खालका प्रयासहरू गरिरहेको जानकारी पनि दिनुभयो । उहाँले प्रहरी जनशक्ती कम हुँदा राज्यले घोषणा गरेका कार्यक्रमहरू कार्यान्वयनमा समस्या भएको धारणा राख्नुभयो ।
कार्यक्रममा आयोजक एकिकृत हातेमालोसमाजका अध्यक्ष डिल्लीराम गिरी, विराटनगर महानगरपालिकाका कार्यबहाक प्रमुख विश्वनाथ भगत, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री, राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत सुमन अधिकारी लगायतले बालअधिकारको संरक्षणका लागि सबैपक्ष सचेत हुन जरुरी रहेको धारणा राख्नुभयो । कार्यक्रममा झापा, मोरङ र सुनसरीका २९ वटा स्थानीय तहका उपप्रमुख र बाल कल्याण अधिकारीहरूको सहभागिता रहेको थियो ।