विकास खर्चमा विराटनगर महानगरपालिका अब्बल

विराटनगर ८ फागुन । तीनै तहको सरकारले पुँजीगत अर्थात् विकास खर्च गर्न नसकेको भनेर आलोचना भइरहेका बेला विकास खर्च गर्ने महानगरपालिकामध्ये विराटनगर अगाडी देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास खर्च गर्ने दोस्रो नम्बरमा परेको छ । विराटनगरले विनियोजितको ३४.१५ प्रतिशत विकास खर्च गरेको […]

अन्तर–स्कुल क्रिकेट प्रतियोगिता : मनकामना र गुरुकुल स्कुल क्वाटरफाइनल प्रवेश

विराटनगर ८ फागुन । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा मनकामना स्कुल र नेपाल गुरुकुल स्कुल क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो खेलमा मनकामना स्कुलले डिएभी स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित निर्धारित २० […]

कोशी प्रदेशका ८ लाख ९३ हजारलाई दादुरा–रुवेलाको खोप लगाईदै

विराटनगर ८ फागुन । कोशी प्रदेशका ८ लाख ९३ हजारलाई दादुरा–रुवेलाको खोप लगाईने भएको छ । फागुन १३ देखि शुरु हुने अभियान अन्र्तगत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाईने प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । अभियान अन्र्तगत कोशी प्रदेशमा फागुन १३ […]

होटलको फोहोर व्यवस्थापन र सरफाई चुनौतिपूर्ण

विराटनगर ८ फागुन । पछिल्लो समय होटलहरुको फोहोर व्यवस्थापन चुनौतिपूर्ण हुँदै गएको छ । होटलको फोहोर व्यवस्थापन, सरसफाई र कामदारहरुको व्यक्तिगत सरसफाई चुनौतिपूर्ण हुँदै गएको अनुगमनका क्रममा पाईएको छ । खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले होटल रेस्टुरेन्टहरुको अनुगमनका क्रममा फोहोर व्यवस्थापन चुनौतिपूर्ण देखिएको कार्यालयका खाध्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले बताउनुभयो । खाध्य प्रविधि […]

चौथो राष्ट्रिय लघुवित्त सम्मेलन : जीवन विकासलाई दश विधामा पुरस्कार

विराटनगर ७ फागुन । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । फागुन ५ देखि ६ गतेसम्म सञ्चालित सम्मेलनमा मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले संस्थागत उद्यमशीलता विकास उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त […]