नेपाल फुलबारीद्धारा १८ जना कर्मचारीलाई साडी वितरण

विराटनगर २० कात्तिक । नेपाल फूलबारी वेष्ट थ्रि आर पोलुसन कन्ट्रोल सर्भिसेज प्रालि विराटनगरले छठ पर्व मनाउने संस्थाका डेढ दर्जन महिलाहरुलाई साडी सेट वितरण गरेको छ ।

छठको व्रत बस्दा चोखो भएर बस्नका लागि फूलबारीले महिला कर्मचारीहरुलाई साडी सेट वितरण गरिएको प्रमुख व्यवस्थापक उमेश कटुवालले बताउनुभयो ।

सस्थाले हरेक वर्ष महिला कर्मचारीलाई साडी सेट वितरण गर्दै आएको उहाँले बताउनुभयो । साडी सेट वितरण कार्यक्रममा विराटनगर महानगरपालिक सरसफाई शाखा इन्चार्ज किरण न्यौपाने लगायतको उपस्थिति रहेको थियो । विराटनगर महानगरपालिकासँगको साझेदारीमा नेपाल फूलबारीले फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालन गरिरहेको छ ।

नेपाल फूलबारीले विराटनगर १ देखि ५ सम्म र १९ नम्वर वडामा फोहोरमैला व्यवस्थापनको काम गरिरहेको छ ।