विराटनगर । मोरङको जहदा गाउँपालिका– ५ मझारेमा स्वास्थ्य शिविर गर्दा ६५ जना मोतियाबिन्दु र दुई जना क्यान्सरका बिरामी भेटिएका छन् । बुधबार जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाठेघर तथा स्तन क्यान्सर स्क्रिनीङ र आँखा जाँच शिविर आयोजना गरेको थियो । शिविरमा दुई जना पाठेघरको क्यान्सर र ६५ जना मोतियाबिन्दुका बिरामी भेटिएका हुन् । विराट मेडिकल […]
विराटनगर २५ पुस । रंगेली नगरपालिका– ४ चोप्राहाकी सुनिता मण्डलले सोमबार जीवन विकास लघुवित्तबाट एक लाख रुपैयाँ पाइन् । यो रकम उनले लघुवित्तको पेन्सन योजना अन्तरगत पाएकी हुन् । २०६५ सालदेखि उनले हरेक केन्द्र (१४–१४दिनमा बस्ने) बैठकमा एक सय रुपैयाँका दरले पेन्सन बचत गरेकी थिइन् । पेन्सन परिपक्क भएपछि सोमबार लघुवित्तका कर्मचारीले बोलाएर उनलाई एक […]
विराटनगर २५ पुस । आगामी तीन वर्ष भित्रमा सञ्चालन हुनेगरि सुनसरीको इटहरीमा जलन (बर्न) अस्पताल निर्माणको प्रक्रिया सुरू भएको छ । काठमाण्डौं बाहिर पहिलो पटक कोशी प्रदेशमा आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि एक सय शैयाको अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जनस्वास्थ्य सरोकार ट्रष्ट ( फेक्ट नेपाल) बीच सम्झौता भएको हो । […]
विराटनगर २५ पुस । कोशी प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य भएको छ । आज राति १२ बजेबाट अधिवेशन अन्त्य भएको हो । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिस लगतै प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य भएको सूचना […]
विराटनगर २५ पुस । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले आवश्यक कानुनको अभावमा प्रदेश सरकार महा अलमलमा परेको बताउनु भएको छ । नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको गठबन्धनका उम्मेदवारसितको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नेता सिटौलाले प्रदेश सरकार नाममात्रको सरकार भएको टिप्पणी गर्नुभयोे । संविधानले शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई दिए पनि […]