कोशी प्रदेशमा आज देखि शुरु भयो दादुरा–रुवेला विरुद्धको खोप अभियान

विराटनगर १३ फागुन । दादुरा–रुवेला विरुद्धको खोप अभियान आज देखि कोशी प्रदेशमा शुरु भएको छ । दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य अनुसार राष्ट्रव्यापी अभियान अन्र्तगत कोशी प्रदेसमा अभियान शुरु भएको हो । विराटनगर–१५ स्थित जनविकास उच्च माविमा आज आयोजित एक कार्यक्रमका विच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदिपकुमार सुनवारले अभियानको शुभारम्भ गर्नुभयो […]

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानद्धारा मुठ्ठी दान शुरु

विराटनगर १३ फागुन । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान विराटनगर महानगर समितिले पूर्णिमाको अवसर पारेर शनिबार विराटनगरमा महानगरपालिका वडा नं ४ खार्जी कोहबरामा रहेकी बिन्ध्यावासिनी दूर्गा मन्दिरमा मुठ्ठी दान गरेको छ । शनिबारको मुठ्ठी दान कार्यक्रम कोशी प्रदेश सांसाद लिलाबल्लव अधिकारीको अगुवाईमा भएको थियो । दैनिक आफुले खाना पकाउने अन्नबाट एक मुठ्ठी छुट्याएर जम्मा भएको […]

दलालले सीमा नाकासम्म अभिभावकको प्रयोग गर्नु मानव बेचविखन नियन्त्रणको मुख्य समस्या

विराटनगर १३ फागुन । मानव बेचविखनमा दलालहरुले नयाँ–नयाँ प्रवृत्ति अपनाउँदा नियन्त्रणमा समस्या भएको पाईएको छ । दलालले सीमानाकासम्म अभिभावक प्रयोग गरेको अध्ययनका क्रममा पाईएको माईती नेपाल विराटनगरले जनाएको हो । आज पत्रकार सम्मेलन गर्दै माईती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले मानव बेचविखन नियन्त्रणको काम गर्ने क्रममा दलालहरुले सीमा सम्म अभिभावकको प्रयोग गर्ने गरेको पाईएको […]

दादुरा–रुवेलाको खोप अभियान आजदेखि : कोशी प्रदेशमा ८ लाख ९३ हजार बालबालिकालाई खोप लगाईने लक्ष्य

विराटनगर १३ फागुन । कोशी प्रदेशमा आजदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियानको शुभारम्भ गरिदै छ । आजदेखि शुरु हुने अभियान अन्र्तगत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाईने प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । प्रदेश स्तरिय अभियानको शुभारम्भ विराटनगर रानी स्थित जनविकास माविबाट […]

गठबन्धन र सरकारको आयु कांग्रेसलाई सोध्नुस् : गृहमन्त्री

विराटनगर १२ फागुन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा रहेको बताउनु भएकोछ । सप्तरीको खडक नगरपालिकास्थित बिसनपुरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले त्यस्तो बताउनु भएको हो । वर्तमान गठबन्धन र सरकारबारे सोधिएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भन्नुभयो,‘ यो नेपाली कांग्रेसलाई सोध्नुस् ।’ प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरूको राजीनामा माग […]