विराटनगर, २१ कात्तिक । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले आफ्ना पदबाट आज राजिनामा दिनुभएको छ ।
केही दिन पहिले प्रदेश सरकारको स्वीकृति बेगर देश बाहिर जानु भएको मन्त्री अधिकारीको विषयमा नकारात्मक आलोचना भएपछि उहाँले नैतिकताको आधारमा राजिनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो । उहाँ २०८१ साल जेठ ४ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेबारी पाउनु भएको थियो ।
मन्त्रालयमा रहँदा उहाँ केही रचनात्मक काम गर्नु भएको थियो भने उहाँलाई मन्त्रालयमा रहँदा सहयोग गर्ने सबै कर्मचारीहरुलाई धन्यावाद दिनुभएको छ ।