बालविवाह सम्बन्धि सरोकारवालाहरु बीच अन्तरक्रिया

विराटनगर १४ असार । मोरङको ग्रामथानमा बालविवाह सम्बन्धि सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम विहिबार गरिएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहयोग, ग्रामथान गाउँपालिकासँगको सहकार्य र मानव अधिकार तथा वातावरण मञ्च (फरेन) विराटनगरको आयोजनामा बालविवाह सम्बन्धि सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बालविवाहको विद्यमान अवस्था र चुनौतीका विषयमा फरेनका अध्यक्ष यज्ञप्रसाद शर्माले प्रस्तुतिकरण […]

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगद्धारा कोशी प्रदेश प्रमुख खापुङलाई प्रतिबेदन हस्तान्तरण

विराटनगर १३ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधान अनुसार वित्त आयोगले गरेको सिफारिश कार्यान्वयन गरिए बेरुजु घटाउन सजिलो हुने बताउनु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले वित्त आयोगले साधन स्रोत र राजस्व बाँडफाँडमा सहयोग गरेको र […]

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभीबाट पहिलो पटक विद्युत प्रवाह

विराटनगर १२ असार । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । नेपाल भित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तार गर्न यो प्रसारण लाइन बनाइएको हो । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका […]

अजोड इन्स्योरेन्स कम्पनीलाई अवहेलना मुद्धामा लिखित जवाफ पेश गर्न उच्च अदालतको आदेश

विराटनगर ११ असार । उच्च अदालत विराटनगरले अदालतको अवहेलना मुद्धामा युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आज न्यायाधिश ममता खनाल र सुर्यनाथप्रसाद अधिकारीको संयुक्त इजलासले निवेदक नेपाल पत्रकार महासंघ मोरङको माग बमोजिम अदालतको अवहेलनामा कारवाही गर्नु नपर्ने आधार र कारण भए प्रमाण सहित ७ दिन भित्र […]

विराटनगर प्राइम राउण्ड टेबलद्वारा कक्षा कोठा निर्माण गरि हस्तान्तरण

विराटनगर १२ असार । विराटनगर प्राइम राउण्ड टेबल नंं. १० ले कक्षा कोठाहरूको ब्लक हस्तान्तरण गरेको छ । टेबल नं. १० ले एक कार्यक्रमबीच नवनिर्मित ४ कक्षा कोठाहरूको ब्लक सोमबार विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको छ । टेबलले स्वर्गीय सुनिल टिबरेवालाको स्मृतिमा ब्लक निर्माण गरि विद्यालयलाई जिम्मा लगाएको हो । ब्लकको नाम सुनिल […]