सुन्दर हमालको लोक गीत ‘तातो पानी ’ सार्वजनिक

विराटनगर १५ असार । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । […]

काममा फर्किए कोशीका लेखा अधिकृतहरू

विराटनगर १४ असार । प्रदेश निजामती ऐन संशोधनको मागसहित ९ दिनदेखि काम छाडेर आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरू काममा फर्किएका छन् । असारको अन्तिममा ४ अर्बभन्दा बढी सरकारी भुक्तानी रोकिएपछि लेखा समूहका कर्मचारी काममा फर्किएका हुन् । काममा फर्किएका कर्मचारीको माग सम्बोधन भने भएको छैन । तर सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएका कारण काममा फर्किएको […]

सुनसरीको इटहरीमा ‘स्मार्ट छोरी परियोजना’ शुरु

विराटनगर १४ असार । सुनसरीको इटहरी उपमहानगरपालिका भित्रका सवै वडामा ‘स्मार्ट छोरी परियोजना’ शुरु गरिएको छ । सन् २०३० भित्रमा नेपाललाई बालविवाह मुक्त राष्ट्र घोषणा गर्ने अभियानलाई सफल बनाउन इटहरीका २० वटै वडाहरुमा ‘स्मार्ट छोरी परियोजना’ शुरु गरिएको यूवा विकास केन्द्र (वाईडीसी) का कार्यक्रम संयोजक नवल रिजालले जानकारी दिनुभयो । आज विराटनगरमा आयोजित बालविवाह न्युनीकरणका […]

विराटनगरमा खानेपानीको समस्या चाँडै समाधान गर्छौं : उपप्रमुख कार्की

विराटनगर १४ असार । विराटनगरमा देखिएको खानेपानीको समस्या चाँडै समाधान गरिने भएको छ । विराटनगरवासीलाई सन् २०२६ सम्मका शुद्ध पिउने पानी पुर्याउने लक्ष्य रहेको उपप्रमुख शिल्पा निराला कार्कीले बताउनुभयो । निर्वाचनका समयमा जनतासँग गरेको प्रतिबद्धता अनुसार महानगरपालिका खानेपानीको समस्या समाधानमा लागि परेको उहाँले बताउनुभयो । जापान सरकारको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा नेपाल खानेपानी संस्थानद्धारा संचालन […]

विराटनगरमा खानेपानी सुधार आयोजनाको शिलान्यास

विराटनगर १४ असार । जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थानद्धारा विराटनगरमा खानेपानी सुधार आयोजनाको शिलान्यास गरेको छ । आज विराटनगरस्थित खानेपानी सुधार आयोजनाको शिलन्यास गर्दै संघीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले शुद्ध र गुणस्तरीय खानेपानी ब्यवस्थापनका लागि जापान सरकारले उपलब्ध गराएको सहयोगबाट विराटनगरवासी लाभान्वित हुने बताउनुभयो । मन्त्री राईले मुलुकमा रहेको तीनतहको सरकारले खानेपानी समस्या […]