ताप्लेजुङको पाथीभरामा झडप हुँदा प्रहरीसहित ६ जना घाइते

विराटनगर २३ कात्तिक । ताप्लेजुङको पाथीभरामा केवलकार बनाउन दिनुपर्ने र बनाउन दिन नहुने पक्षबीच आज दिउँसो दोहोरो झडप हुँदा प्रहरीसहित ६ जना घाइते भएका छन् । दुई पक्षबीच ढुंगा हानाहान हुँदा सशस्त्र प्रहरीका इन्स्पेक्टर (सशस्त्र प्रहरी निरीक्षक)सहित ६ जना घाइते भएका हुन् । घाइते हुने सुरक्षाकर्मीमा सशस्त्रका इन्स्पेक्टर डिकेन्द्र ओली र नेपाल प्रहरीका सहायक हवल्दार […]

लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

विराटनगर २३ कात्तिक । प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा सुनसरीको देवानगञ्जमा श्रद्धाञ्जली सभा गरिएको छ । सिन्हाको तेस्रो दिनको पुन्य तिथिमा नागरिक मिडिया प्रा. लि. विराटनगरद्वारा आयोजित यस कार्यक्रमको अध्यक्षता मिडियाका प्रबन्ध निर्देशक एवम् पत्रकार अरविन्द मेहताले गर्नुभएको थियो । गायिका सिन्हा मैथिली र भोजपुरी भाषामा आफ्ना लोकगीतहरूको माध्यमबाट समाजको मन जित्न सफल गायिका रहनु […]

विराटनगरमा छठ ( तस्वीरहरु सहित)

विराटनगर २२ कात्तिक । छठ पूजाको मुख्य दिन आज अस्ताउँदै सूर्यलाई अघ्र्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ मनाउने प्रचलन छ । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठको समापन हुन्छ । छठमा चोखो नितो भएर व्रत बस्नुपर्छ भन्ने मान्यता छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने […]

काेशी प्रदेशसभा सदस्य पराजुलीद्वारा २७ औं दण्डप्रणाम शुरू

विराटनगर २२ कात्तिक । काेशी प्रदेश सभा सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुलीले २७ औं पटक दण्डप्रणाम गर्दै छठको पूजाका लागि सिङ्घीया घाटतर्फ लाग्नु भएकाे छ । निराहार व्रत बस्पनु भएका पराजुली विराटनगर–३ ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरबाट आज बिहान १० वजे दण्ड प्रणाम गर्दै करिब ३ किमी दुरी पार गरेर सिङ्घीया घाटसम्म पुग्नुहुनेछ […]

नेपाली काङ्ग्रेसद्वारा ग्रामथानकाे अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय

विराटनगर २२ कात्तिक । आगामी  मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि नेपाली काङ्ग्रेस मोरङले ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवारको रुपमा बलराम सरदारलाई चयन गरेको छ। नेपाली काङ्ग्रेसका पूर्व महासमिति सदस्य सरदारलाई उम्मेदवार बनाउन जिल्लास्तरीय समितिले निर्णय गरेको हो। नेपाली कांग्रेस मोरङका सूचना संचार एवम प्रचार विभाग प्रमुख वीरेन्द्रकुमार साहले यसबारे जानकारी गराउँदै सरदारको उम्मेदवारी सर्वसम्मत निर्णयको […]