विराटनगर १३ माघ । नेपाल निजामती कर्मचारी संगठन मोरङको १३ औं जिल्ला अधिवेशनले अध्यक्षमा शालिगराम कोइरालालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । शनिबार विराटनगरमा सम्पन्न अधिवेशनले कोइरालाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा नरहरी निरौला, सुनिता निरौला, सचिवमा सुरेशकुमार ढुंगेल, ममता कोइराला र कोषाध्यक्षमा पुरुषोतम पौडेल निर्वाचित हुनु भएको छ । […]
विराटनगर १३ माघ । मैथिली सेवा समिति विराटनगरको अध्यक्षमा डा एस एन झाको नेतृत्वमा १५ सदस्यीय कार्य समिति शनिबार चयन गरिएको छ । मुलुकको दोस्रो ठूलो भाषा मैथिली भाषी समुदायको विराटनगरमा सम्पन्न ३२ औँ अधिवेशनले उपाध्यक्षमा डा योगेन्द्रप्रसाद यादव तथा अधिवक्ता संजु साह, महासचिवमा मृत्युंजय मिश्र,सचिवमा रोशन देव र उप सचिवमा रोकशकुमार ठाकुर र कोषाध्यक्षमा […]
विराटनगर १३ माघ । नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकमा गरिबी निवारण गरि समृद्धि कायम गर्न बैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लागेको बताउनु भएको छ । समाजवादी पार्टी(नयाँ शक्ति)को प्रथम कोशी प्रदेश सम्मेलन तथा नेपाल समाजवादी ट्रेड युनियन महासंघ प्रदेश तथा मोरङ सम्मेलनको शनिवार विराटनगरमा आयोजित उद्घाटन समारोहमा उहाँले कृषिको समुचित विकास र […]
विराटनगर १३ माघ । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ ल ले कानूनमा स्नातकोत्तर तहको अध्यापन शुरू गरेको छ । स्नातकोत्तर तहमा अध्ययनका लागि ७७ जनाले प्रवेश परीक्षा दिएका छन् । क्याम्पसले ५० जनालाई भर्ना गरी अध्यापन गर्ने डाइरेक्टर महेश प्रसाद निरौलाले जानकारी दिनुभयो । दुई वर्षे स्नातकोत्तर तहको कार्यक्रम सञ्चालका लागि धेरै अघिदेखि विद्यार्थीहरूबाट […]
विराटनगर १२ माघ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान गठबन्धन सरकार तस्करी,कुशासन, भ्रष्टाचार नियन्त्रण गर्न निर्माण भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले हामी कालो बजारी, तस्करी , कमिशनतन्त्र नियन्त्रण गर्ने कार्यमा प्रभावकारी ढङ्गले कार्य गरिरहेको प्रष्ट पार्नु भयो । अर्थमन्त्री पौडेलले भन्नु भयो,‘ नेकपा एमाले र नेपाली कांग्रेसको […]