आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघ कोशीको चेतावनी

विराटनगर ११ वैशाख । नेपाल चिकित्सक संघ, कोशी शाखाले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ज्ञापन पत्र बुझाइएको चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा. बालकृष्ण साहले जानकारी दिनुभयो । डा. शाहका अनुसार संघका अध्यक्ष डा. राजेन्द्र चौधरी, महासचिव डा. बालकृष्ण साह, तथा अन्य […]

आज १९ औं लोकतन्त्र दिवस मनाइँदै

विराटनगर ११ वैशाख । आज देशभर १९औँ लोकतन्त्र दिवस। प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै […]

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

विराटनगर १० वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त हुनु भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गर्नुभएको हो । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ । शपथको समय भने तय भइनसकेको स्रोतले बतायो । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुनुहुन्छ […]

लोकतन्त्रको सबलीकरणमा मिडियाको भूमिका महत्वपूर्ण

विराटनगर १० वैशाख । नेपाल पत्रकार महासंघ, कोशी प्रदेशको आयोजनामा र गैरसरकारी संस्था महासंघको समन्वयमा बुधवार बिराटनगरमा सम्पादकसगं सम्वाद कार्यक्रम सम्पन्न भएको छ । महासघं कोशी प्रदेशले १९ औ लोकतान्त्रिक दिवसको अवसरमा सम्पादकहरूसँग विशेष संवाद कार्यक्रम आयोजना गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गैरसरकारी सस्था महासघ […]

विराट फुटसल च्याम्पियनसिप प्रतियोगिता हुँदै

विराटनगर १० वैशाख । कोशी प्रदेशको राजधानी विराटनगरमा विराट फुटसल च्याम्पियनसिप–२०८२ हुने भएको छ । मन्जिना फाउन्डेसन नेपालको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा वैशाख २२ गते देखि प्रतियोगिता सुरु हुने भएको हो । प्रतियोगितामा कोशी प्रदेशका ५ जिल्लाको सहभागिता रहने मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारले बताउनु भयो । ताम्राकारका अनुसार प्रतियोगितामा मोरङ […]