मदन भण्डारी अस्पतालमा ३० करोडको सुविधा सम्पन्न भवन बन्दै

उर्लाबारी, १८ मंसिर । मोरङको उर्लाबारी नगरपालिका – ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण हुने भएको छ । कोशी प्रदेश सरकारको बजेटमा पहिलो चरणमा अस्पताल परिसरमा करिब रु ३० करोड बजेटमा भवन निर्माणका लागि शहरी विकाश तथा भवन कार्यालय मोरङबाट ठेक्का आह्वान भएको मोरङ १ क का प्रदेश […]

अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं विश्व दिवसका अवसरमा विराटनगरमा प्रभातफेरि

विराटनगर १८ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं विश्व दिवसका अवसरमा विराटनगरमा आज प्रभातफेरि निकालिएको छ । विराटनगर महानगरपालिका, राष्ट्रिय अपाङ्ग महासंघ, करुणा फाउन्डेसन नेपाल, सिविआर लगायतका संस्थाहरुको अगुवाईमा विराटनगर महानगरपालिका परिसरबाट प्रभातफेरि निकालिएको हो । प्रभातफेरिमा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री लगायत सरोकारवाला […]

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखीकरण

विराटनगर १८ मंसिर । विराटनगर महानगरपालिका अन्र्तगतका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखीकरण दिईएको छ । महानगरपालिका अन्र्तगतका १९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पाठेघरको मुखको क्यान्सरका लागि परीक्षण गर्नुपर्ने उमेर, यसका लक्षणहरु, उपलब्ध जाँचहरु, उपचार विधिहरु र फैलिएको गलत धारणाका बारेमा प्रशिक्षण दिईएको थियो । करुणा फाउन्डेसनसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका […]

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा भण्डारी नियुक्त

विराटनगर १७ मंसिर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त हुनु भएको छ । भण्डारीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँले आज साँझ नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । विवादास्पद जापान भ्रमणका कारण तत्कालीन आन्तरिक मामिला […]

०७९ मै अध्यक्ष हुन खोजेका थिए नमोनारायण

विराटनगर १७ मंसिर । नमोनारायण माझी ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन फोरम लोकतान्त्रिकमा ग्रामथान गाउँपालिका १ को अध्यक्षमा निर्वाचित भए । वैदेशिक रोजगारीको छुट्टीमा आएका समयमा तत्कालिन फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारसँग उनको भेटभयो । गच्छदारले चुनाव लड्न भनेपछि माझीले वैदेशिक रोजगारी छोडिदिए । २०५४ मा तत्कालिन लखन्तरी गाविसको अध्यक्ष भईसकेको अनुभव भएका उनलाई […]