सुनसरी इटहरीका सबै विद्यालयका विद्यार्थीको पोशाक एकैथरी बनाउने निर्णयको अवज्ञा

विराटनगर ९ वैशाख । सुनसरी इटहरीका सबै विद्यालयका विद्यार्थीको पोशाक एकैथरी बनाउने उपमहानगरपालिकाको निर्णय निजी विद्यालयले अवज्ञा गरेका छन् । कार्यपालिकाका बहुमत सदस्य, राजनीतिक दल र प्रवुद्ध वर्गको साथ सहयोग रहेको भन्दै निजी विद्यालयको प्रतिनिधिमूलक संगठनहरुले विद्यालयको पोशाकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न निजी विद्यालयहरुलाई आग्रह गरेका छन् । इटहरी उपमहानगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि सरकारी र निजी […]

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १२ र १३ वैशाखमा अन्तर्वार्ता

विराटनगर ९ वैशाख । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि १२ र १३ वैशाखमा उम्मेदवारहरूको अन्तर्वार्ता हुने भएको छ । उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले १२ र १३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अन्तर्वार्ता हुने समय तालिका सार्वजनिक गरेको हो । उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण २७, २८ र […]

विराटनगरको दक्षिण भेगका शिक्षाविद् सुधाकर ठाकुरको निधन

विराटनगर ९ वैशाख । विराटनगरका शिक्षाविद् सुधाकर ठाकुर आफ्नो डिग्री (एमएस्सी) ले चिनिने एमएस्सी सरको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा विराट मेडिकल शिक्षण अस्पतालमा शुक्रबार निधन भएको हो । २०२३ सालमा विहार विश्वविद्यालयमा वरिष्ठ प्राध्यापक पदको प्रस्तावलाई खारेज गर्दै विराटनगरस्थित मिल्स माध्यमिक विद्यालयमा शिक्षकको रुपमा आफ्नो शैक्षिक पेशाको सुरुवात गरेका […]

कान्तिपुर कलेजका कक्षा १२ का विद्यार्थीको विदाई

विराटनगर ८ चैत । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले विराटनगरको कञ्चनजंगा होटेलमा एक कार्यक्रमको आयोजना गरि ९ औं ब्याचमा अध्ययनरत कक्षा–१२ का विद्यार्थीलाई विदाई गरेको हो । कलेजले शनिबार विज्ञान, व्यवस्थापन र होटेल मेनेजमेन्टका गरि ८ सय ३७ जना विद्यार्थीलाई अविर लगाएर मायाको चिनो दिएर विदाई […]

विराटनगरको शिक्षाको सुधारका लागि नेविसंघको १७ वुँदे ज्ञापनपत्र

विराटनगर ६ वैशाख । विराटनगर महानगरपालिकालाई नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा आधारभूत र विद्यालयस्तरको शैक्षिक सुधारका निम्ति आज ज्ञापनपत्र वुझाएको छ । महानगरपालिका प्रमुख नागेश कोइरालालाई नेवि संघका केन्द्रीय प्रतिनिधि सुविन पराजुली लगायतको टोलीले आज १७ वुँदे ज्ञापन पत्र शिक्षा, विज्ञान तथा प्रवित्रि मन्त्रालय बोधार्थ राखि वुझाउनु भएको छ । उक्त ज्ञापनपत्रमा […]