
विराटनगर ७ साउन । विराटनगरका कलेजहरुमा कक्षा ११ मा भर्ना भएका ६७८ जना विद्यार्थीले छात्रबृत्ति पाउने भएका छन् ।
शिक्षा ऐन, २०२८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अधिकार प्रयोग गर्दै विराटनगर महानगरपालिकाले संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८१ अनुसार छात्रबृत्तिका लागि लिएको परीक्षामा सहभागी सवै विद्यार्थीले छात्रबृत्ति पाउने भएका छन् । छात्रबृत्तिका लागि ७०२ जनाको कोटा भएपनि परीक्षामा ६७८ विद्यार्थी मात्रै सहभागी भएका थिए ।
विराटनगर महानगरपालिका शिक्षा महाशाखाका अधिकृत कृष्ण भट्टराईले परीक्षामा सहभागि सबैले छात्रवृत्ति पाएका छन् । संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार हरेक निजी विद्यालयले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान छ ।
कक्षा ११ का विद्यार्थीहरूले सबैभन्दा बढी अरनिको कलेज रोजेका थिए । अरनिको कलेजमा ११८ को कोटा छ । अरनिको रोज्नेको संख्या २५५ छ । शिक्षादीप कलेजमा ११६ जनाको कोटामा १७९, एभरेस्ट कलेजमा १४ जनाको कोटामा १९ जना विद्यार्थीले कलेज रोजेको महानगर शिक्षा महाशाखाले जनाएको छ ।