विराटनगरको मेरिल्याण्डलाई उत्कृष्ट कलेज अवार्ड

विराटनगर ७ असार । मेरिल्याण्ड कलेज विराटनगरलाई कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा सम्मान गरिएको छ । फोकस नेपालले आज काठमाण्डौंमा आयोजित कार्यक्रममा विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजलाई कोशी प्रदेशकै उत्कृष्ट कलेज अवार्डबाट सम्मानित गरिएको हो । काठमाण्डौंमा आज आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कलेजलाई सो सम्मान प्रदान गर्नु भएको हो । मेरिल्याण्ड कलेजलाई व्यवस्थापन […]

राष्ट्रियस्तरका प्रतियोगिता जित्ने खेलाडीलाई एभरेष्टको सम्मान

विराटनगर १ असार । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले राष्ट्रियस्तरका प्रतियोगिता जित्ने आफ्ना विद्यार्थी खेलाडीहरुलाई सम्मान गरेको छ । आज स्कुलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि विभिन्न विधामा राष्ट्रियस्तरका स्पर्धामा उत्कृष्ट हुने खेलाडीहरुलाई सम्मान गरेको हो । गत जेठको २७ र २८ गते अन्तर्राष्ट्रिय पौडी कम्प्लेक्स सातदोबाटो ललितपुरमा सम्पन्न दोस्रो नेपाल एक्वाटिक च्याम्पियनसीप २०२५ […]

विद्यार्थीको सर्वाङ्गिण विकासका लागि एभरेष्टमा अभिभावक शिक्षाः अभिभावक भन्छन्,‘धेरै कुरा सिकियो’

विराटनगर १८ जेठ । ‘बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरुको सर्वाङ्गिण विकासका लागि अभिभावकको भूमिका पनि उत्तिकै हुँदो रहेछ । विद्यालयमा जति सुकै राम्रो वातावरण भएपनि अभिभावकले पनि धेरै कुरा जान्नुपर्ने रैछ । झट्ट हेर्दा सामान्य लाग्ने तर त्यसको प्रभाव ठूलो पर्दो रहेछ । धेरै कुरा सिक्न पाइयो ।’ विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुुलले […]

विद्यार्थीलाई साईबर सुरक्षा सम्वन्धी अभिमुखीकरण

विराटनगर १३ जेठ । विराटनगरका दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई साईबर सुरक्षा सम्वन्धी अभिमुखीकरण दिईएको छ । विराटनगर महानगरपालिकासँगको सहकार्यमा भुल्केदेवी मिडिया प्रालिको आयोजनामा विराटनगर ८ को महेन्द्र मावि र विराटनगर ११ को जनपथ माविका विद्यार्थीलाई साईबर सुरक्षा सम्वन्धी अभिमुखीकरण दिईएको हो । विराटनगर ८ को महेन्द्र माविमा सोमबार आयोजित कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले विद्यार्थीका […]

नृत्योपासनाको बार्षिक परीक्षा सम्पन्न

विराटनगर १० जेठ । विराटनगर शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय (नृत्योपासनाले) विद्यार्थीहरूको वार्षिक मूल्याङ्कन सम्पन्न गरेको छ। विद्यालयले मूल्याङ्कन पश्चात उनीहरुलाई प्रमाणपत्र समेत वितरण गरेको छ। बिहिबार र शुक्रबार दुई दिन सञ्चालन भएको मूल्याङ्कन परीक्षामा नृत्योपासनामा प्रशिक्षण लिरहेका प्राथमिकदेखि चौथो वर्षसम्मका २२ जना विद्यार्थी छात्राहरु सहभागी भएका थिए । उनीहरू सबैजना अर्को चरणमा प्रवेश गरेका […]