निर्वाचनमा यूवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा सत्यनारायण माविकी यूनिषा गौतम प्रथम

विराटनगर ८ फागुन । नवौ निर्वाचन दिवसको अवसरमा प्रदेश निर्वाचन कार्यालय विराटनगरले आज वक्तृत्वकला प्रतियोगिता गरेको छ । निर्वाचनमा यूवाको भूमिका विषयक प्रतियोगितामा सत्यनारायण माविकी यूनिषा गौतम प्रथम भएकी छिन् । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा आदर्श […]

कोशी प्रदेशको मानव अधिकारको अवस्था खराव, एक वर्षमा परिवारजनबाट ३४ महिलाको हत्या

विराटनगर ७ फागुन । कोशी प्रदेशमा एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले जनाएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले वुधवार विराटनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिकीकरण गर्दै एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको जनाएको हो । देशभर परिवारजनबाट १ सय जना महिलाको […]

विराटनगर ८ बलुवाहीमा मलामी विश्रामालय निर्माण हुने

विराटनगर ७ फागुन । विराटनगर महानगरपालिका वडा नं. ८ को बलुवाही पूर्वमा रहेको सिंघीया घाटमा मलामी विश्रामालय निर्माण गरिने भएको छ । मलामी विश्रामालयको आज विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । वडाको ५ लाख र महानगरको ३ लाख गरि ८ लाख रुपैयाँको लागतमा आगामी २ महिना भित्रमा […]

समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि प्रजातन्त्र सशक्त आधार : मुख्यमन्त्री कार्की

विराटनगर ७ फागुन । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको  छ । उहाँले नेपाली जनताले ठूलो संघर्ष र बलिदानपछि प्रजातन्त्र प्राप्त गरेको स्मरण गर्दै यसको रक्षा सबैको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । ‘प्रजातन्त्रका लागि भएको संघर्षमा सहिदहरूले अमूल्य जीवन उत्सर्ग गरेका […]

एभरेष्ट एजुकेशन एक्जिबिसन : विद्यार्थीद्धारा ‘इनोभेसन, क्रिटिकल थिंकिङ’ प्रस्तुत

विराटनगर ६ फागुन । विराटनगर ५ को एभरेष्ट सेकेन्डरी स्कुलले सोमबार र मंगलबार विद्यार्थीले विभिन्न परियोजनाहरु प्रस्तुत गरे । उनीहरुले विज्ञान र प्रविधि सम्वन्धी गरेका आविश्कारहरुहरु विस्तृतमा प्रस्तुति पनि दिए । वैज्ञानिक डा. बिष्णु रायमाझी, विद्यालयका प्रिन्सीपल टिकाराम पुरी, अध्यक्ष विनोद ढकाल विद्यार्थीका हरेक स्टलमा पुगे । उनीहरुले राखेका हरेक जिज्ञाशाहरुको जवाफ विद्यार्थीहरुले दिए । […]