विराटनगर, ११ साउन । मकवानपुरको हेटौडामा सम्पन्न नेपाल प्रेस यूनियनको ९ औं राष्ट्रिय महाधिवेशनमा विराटनगरका टेलिभिजन पत्रकार अभयकुमार राई उप–महासचिवमा निर्वाचित भएकाछन् । विराटनगर १० का स्थायी राईले अध्यक्ष शिव लम्सालको पक्षबाट उप–महासचिवमा फराकिलो मतान्तरले जित हासिल गरेका हुन् । साउन ७ गते हेटौडाको एक पार्टी प्यालेसमा सम्पन्न निर्वाचनमा समावेशीतर्फबाट जित हासिल गरेका राईले काठमाडौंका […]
विराटनगर, ११ साउन । उद्योगीका समस्यामा सरकार उदासिन बनेको मोरङका उद्योगी व्यवसायीले आरोप लगाएका छन् । समस्या समाधानका लागि भेट्नुपर्ने सवै व्यक्तिहरुलाई भेटेर कुरा राखेपनि कुनै सुधार नभएको उनीहरुको भनाई छ । सरकारले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने गरि बजेट ल्याएको भन्दै मोरङका उद्योगी, व्यवसायीहरु अहिले आन्दोलित छन् । […]
विराटनगर ११ साउन । गैरसरकारी संस्था महासंघ मोरङले प्रकाशित गरेको पुस्तकको मंगलबार एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विचोचन गर्नु भएको छ । महासंघले आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले विराटनगर महानगरपालिकाभि त्र रहेका गैरसरकारी संस्थाहरुको ‘पाश्र्वचित्र’ नामक पुस्तकको विमोचन गर्नु भएको हो । महानगरको सहयोगमा प्रकाशित पुस्तकमा विराटनगरभित्र सञ्चालित विभिन्न गैरसरकारी संस्थाहरुको परिचय […]
विराटनगर, ११ साउन । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा औद्योगिक तथा व्यापारिक प्रदर्शनीस्थल निर्माणका लागि संघीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् । विराटनगर आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर मेयर कोइरालाले विराटनगरमा व्यापार मेला गर्न स्थान अभाव भएको सुनाए । उनले औद्योगिक तथा व्यापारिक मेला आयोजना गर्न प्रदर्शनीस्थलको अभाव रहेको बताए । जग्गाको […]
विराटनगर, १० साउन । एक जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट कराँतेका दुई जना प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार सुनसरीको इटहरी घर भएकी […]