अनिवार्य शिक्षा कार्यान्वयका लागि आवश्यक मापदण्ड निर्माण

विराटनगर, १६ वैशाख । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण एवं कार्यक्रम सञ्चालनको समन्वय गरेको जनाएको छ ।

केन्द्रद्वारा आज विराटनगमा आयोजित शिक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु र प्रगति तथा विविध किसिमका शैक्षिक सूचनाहरु सरोकारवालाहरुलाई सुसूचित गर्ने कोशी प्रदेशस्तरीय पत्रकार भेटघाट कार्यक्रम निर्देशक सुरेश जोशीले प्रदेश र स्थानीय स्तरमा शिक्षा सम्बन्धी सुधारको लागि आवश्यक सुझाव सङ्लकन गर्नुका साथै विद्यार्थी भर्ना, गुणस्तरी शिक्षा पहुंच, नमूना विद्यालय स्थापना लगायतका कार्य भएको जानकारी दिनुभयो । उहाँले विद्यालयमा स्यानटरी प्याड, भौतिक पूर्वाधार, कक्षा कोठा भित्र वहिर सुधार लगायतका विषयमा आवश्यक सुझाव सङ्कलन गरी कार्यान्वयन गर्ने दिशातर्फ अघि वढेको बताउनु भयो ।

केन्द्रका प्रवक्ता रुद्र न्यौपानेले पहिलो पटक मोफसलमा यस प्रकारको कार्यक्रम गरेको जानकारी दिँदै सङ्घीय शिक्षा ऐन नआएकोमा सरोकारवालाकाहरुले चासो रहेको विचार व्यक्त्त गर्नु भयो । उहाँले शिक्षक तालिमको पाठ्क्रमको ढाँचा निर्माण, सामग्री विकास ,मापदण्ड विकास एवं प्रमाणीकरण लगायतका कार्यहरु भएको बताउनु भयो । स्थानीय तहमा कर्मचारीको अपर्याप्ता र क्षमता विकास, जिम्मेवारी तथा कार्यक्षेत्रको अन्यौलता, जनशक्तिको अभाव, नमूना विद्यालय, भौतिक निर्माण सुधार लगायतका केही विषयमा दोहोरो लगायतका समस्या रहेको उहाँले जानकारी दिनुभयो । शिक्षा विकास समन्वय इकाई विराटनगरका प्रमुख टङ्क प्रसाद गौतमले हालै सम्पन्न एसइई परीक्षामा चार सय नक्कली परीक्षार्थी पक्राउ गरी कानूनी अनुसार कारवाही गरेको जानकारी दिनु भयो ।

विसं २०७९ मा मुलुकमा आधारभूत शिक्षाको तह परा गर्ने दर ७७ दशमलव एक प्रतिशत रहेको छ भने पाँच देखि १२ वर्ष उमेरका विद्यालय बाहिर रहेका बालबालिकाहरु तीन दशमलव नौ प्रतिशत रहेको तथ्याङक प्रस्तुत गरिएको थियो ।