हाम्रो क्लव विराटनगरद्धारा खेलकुदका सामग्री हस्तान्तरण

विराटनगर २ असार । हाम्रो क्लव विराटनगरले आज खेलकुदका सामग्रीहरु हस्तान्तरण गरेको छ । हाम्रो क्लव विराटनगरले वडा कार्यालय विराटनगर ५ को आर्थिक सहयोगमा भेट्रान खेलाडी तथा बाल क्लवका पदाधिकारीहरुलाई खेल सामग्री वितरण गरेको क्लवका अध्यक्ष रमेश आचार्यले जानकारी दिनुभयो । वडा कार्यालयको १ लाख आर्थिक सहयोगमा खेल सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा […]

मानव अधिकार सञ्जाल मोरङमा पोखरेल र कट्टेल सर्वसम्मत

विराटनगर १ असार । मानव अधिकार सञ्जाल मोरङको संयोजकमा विनोद पोखरेल सर्वसम्मत चयन हुनु भएको छ । मानव अधिकारकर्मीहरूको विहिबार विराटनगरमा भएको भेलाले माइती नेपाल विराटनगरका संयोजक समेत रहनु भएका पोखरेललाई संयोजकमा निर्वाचित गरेको हो । भेलाले सहसंयोजकमा बाग्मता कट्टेललाई चयन गरेको छ । कट्टेल अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेश कार्यक्रम अधिकृत हुनुहुन्छ […]

कोशी प्रदेश सरकारद्धारा ३६ अर्ब २४ करोडको बजेट प्रस्तुत ( पूर्ण पाठ सहित)

विराटनगर ३२ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ […]

विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रमा सञ्चालित होस्टललाई व्यवस्थित बनाउने

विराटनगर ३२ जेठ । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रमा सञ्चालित होस्टललाई व्यवस्थित बनाउने भएको छ । महानगरका प्रमुख नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली र सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको उपस्थितिमा भएको छलफलले होस्टल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन कार्यदलसमेत गठन गरेको छ । वडा नम्बर १ का अध्यक्षसमेत रहनु भएका सामाजिक विकास समितिका […]

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम ( पूर्ण पाठ सहित)

विराटनगर ३१ जेठ । कोशी प्रदेश सरकारले आगामी आ.व. को नीति तथा कार्यक्रम प्रदेशसभा समक्ष प्रस्तुत गरेको छ । माननीय सभामुख महोदय, प्रदेश सभाका माननीय सदस्यहरु, नेपालको संविधान कार्यान्वयनको क्रममा प्रदेशको समग्र विकासको महत्वपूर्ण आधार तयार गरी प्रदेश सभाको एक कार्यकालसम्पन्न भई प्रदेश सभाको निर्वाचन पश्चात गठन भएको गरिमामय कोशी प्रदेश सभाको चालु अधिवेशनको यस […]