महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्रमुख सहित ६ जना १० घण्टा कार्यकक्षमै थुनिए

विराटनगर २७ जेठ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित ६ जनालाई विद्यार्थीले कार्यकक्षमै १० घण्टा थुनेका छन् । उनीहरु राती १२ वजे छुटेका थिए । आईतबार क्याम्पस प्रशासन र स्ववियुवीच वार्ता गर्ने सर्तमा राती १२ बजे छोडिएको स्ववियु सदस्य मन्दिप पोखरेलले जानकारी दिनुभयो । क्याम्पस प्रमुख तिम्सिनासहित सहायक काम्पस प्रमुख […]

उपसभामुख दनुवारले पहिचानवादीलाई भनिन्,‘ आक्रमण हैन, वार्तामा आउनुहोस्’

विराटनगर २७ जेठ । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले कोशी नामकरण प्रति असन्तुष्ट पहिचान बादीहरुलाइ वार्तामा आउन आग्रह गर्नुभएको छ । विराटनगरमा आयोजना गरिएको महिला पत्रकारहरूको लागि संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले आफुमाथि विहिबार भएको आक्रमणका कारण घर जान पनि डराउनुपर्ने अवस्था आएको बताइन । उनले आफ्नो घर जान नसक्ने […]

कोशी प्रदेश उपसभामुख र एमाले संसदीय दलका उपनेता माथि पहिचानवादीद्धारा आक्रमणको प्रयास

विराटनगर २५ जेठ । कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनरत पहिचानवादीहरुले आज कोशी प्रदेश उपसभामुख सिर्जना दनुवार र एमाले संसदीय दलका उपनेता माथि आक्रमणको प्रयास गरेका छन् । उपसभामुख दनुबारलाई उदयपुरको गाईघाट बजारमा आक्रमणको प्रयास गरेका हुन् । पहिचानवादीहरुले उनी चढेको गाडीको झण्डा निकालिदिएका थिए । एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरमाथि पहिचान पक्षधरले इलाममा […]

कोशी प्रदेश उपसभामुख र एमाले संसदीय दलका उपनेता माथि भएको आक्रमणको एमालेद्धारा विरोध

विराटनगर २५ जेठ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले कोशी प्रदेशका उपसभामुख सृजना दनुवार र एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम राना माथि भएको आक्रमणको विरोध गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलले पहिचानवादीका नाममा उपसभामुख दनुवारलाई उदयपुरमा र उप नेता राना मगर माथि इलाममा भएको आक्रमण प्रति भत्र्सना गर्दै यस्ता कार्य […]

कोशी प्रदेश नामाकरणसँग असन्तुष्ट समूहसँग संवाद गर्न वार्ता टोली गठन

विराटनगर २४ जेठ । कोशी प्रदेश सरकारले प्रदेश नामाकरणसँग असन्तुष्ट समूहसँग संवाद गर्न वार्ता टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिंचाइमन्त्री तिलकुमार मेयाङवोको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ताका लागि गठन गरिएको तीन सदस्यीय टोलीमा कृषिमन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता भक्ति सिटौला र सामाजिक विकास मन्त्री […]