विराटनगरको मेयरमा कांग्रेसबाट ७ र उपमेयरमा १२ जनाको नाम सिफारिस

विराटनगर, ३ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्रको दल नेपाली कांग्रेसको विराटनगर महानगर समितिले मेयर र उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको छ । विराटनगर महानगरपालिकामा कांग्रेसले मेयरका लागि ७ र उपमेयरका लागि १२ जनाको नाम पार्टी केन्द्रीय समिति समक्ष आज सिफारिस गरेको हो । पार्टीको विराटनगर समिति सभापति दीपक चपागाईंका अनुसार मेयर […]

प्रेस चौतारी प्रदेश १ ले चुनाव प्रचारलाई व्यवस्थित गर्ने

विराटनगर, ३ वैशाख । प्रेस चौतारी प्रदेश १ ले आगामी स्थानीय तहको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्ने भएको छ । १४ वटै जिल्लामा प्रचार डेक्स स्थापना गरी सूचना प्रविधिको उच्चतम प्रयोगबाट प्रचार प्रसारलाई ब्यवस्थित र ब्यापक बनाउने भएको हो । एमाले प्रदेश नं. १ कमिटी प्रचार विभागको आयोजना र प्रेस चौतारी नेपाल १ नम्वर प्रदेश […]

स्वामी निश्चलानन्द सरस्वती विराटनगर आउने

विराटनगर, ३ वैशाख । भारतको पुरीस्थित गोवर्धन मठका पीठाधिश्वर श्रीमज्जगदगुरु शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती विराटनगर आउने हुनुभएको छ । उहाँ वैशाख ४ गते विराटनगर आइपुग्ने बताइएको छ । शुक्रबार कार्य सम्पादन समितिले पत्रकार सम्मेलन गर्दै जनकपुर, लहान, राजविराज, इनरुवा, धरान हुँदै उहाँ ४ गते विराटनगर आइपुग्ने बताएको हो । उहाँ तीन दिन विराटनगरमा रहने कार्य […]

स्थानीय तह निर्वाचनका लागी मोरङमा सुरक्षा समितिको तयारी तीव्र

विराटनगर, ३ वैशाख । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन लागी मोरङ जिल्लाका संवेदनशिल मतदान स्थल तथा केन्द्रहरुको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ । पहाडी भेगसंग तथा नेपाल भारत सिमासंग जोडिएका मोरङको पालिकाहरुमा रहेका संवेदनशिल मतदान स्थलको समितिले अनुगमन गरेको हो । कतिपय मतदान स्थलहरु भैगोलिक विकटता तथा सडकको पहुच भन्दा […]

निर्णायक तहमा पुरुषहरुकै बाहुल्यता हुँदा देशले रुपान्तरणको आधार बनाउन सकेन

विराटनगर, २ वैशाख । राज्यका निर्णायक तहमा पुरुषहरुको बाहुल्यता हुँदा देशले चाहेजस्तो समुदाय तह देखि रुपान्तरणको आधार बनाउन नसकेको अधिकारकर्मीले बताएका छन् । महिला माथि हुने हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता विभिन्न घटनाहरुले लोकतन्त्र संस्थागत हुन सकेको बताईएको छ । महिला अधिकारको क्षेत्रमा कार्यरत ओरेक विराटनगरले आज पत्रकारसँग गरेको अन्र्तक्रियामा प्रस्तुती गर्दै प्रदेश १ परियोजना संयोजक […]