वैशाख ९ भित्रमा एमालेका उम्मेदवारको टुङ्गो लाग्छ : नेता कार्की

विराटनगर, २ वैशाख । एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले स्थानीय निर्वाचनका लागि एमालेले बैशाख ९ गतेभित्र अधिकांश उम्मेद्वारको अन्तिम नाम टुंगो लगाउने बताउनु भएको छ । सर्वसम्मत नै उम्मेदवारको नाम टुङ्गो लाग्दै गएको नेता कार्कीले बताउनुभयो ।शुक्रबार विहान विराटनगरमा पत्रकारसँगको भेटघाटमा नेता कार्कीले पार्टी गठबन्धनको पक्षमा नरहेपनि केन्द्र तहमा राप्रपा नेपालसंगको तालमेललाई स्वभाविक रुपमा […]

खेलाडी एवं प्रशिक्षक रञ्जन थापा प्रवल जनसेवा श्री पदकबाट सम्मानित

विराटनगर, २ वैशाख । हक्कीका पूर्व अन्र्तराष्ट्रिय खेलाडी एवं प्रशिक्षक रञ्जन थापा प्रवल जनसेवा श्री पदकबाट सम्मानित भएकाछन्।विराटनगर घर भएका पूर्वखेलाडी थापा बिहीबार काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सम्मानित हुने हक्कीका पहिलो खेलाडी हुन् । राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षकका रुपमा कार्यरत थापाले राज्यले सम्मान गर्दा गौरान्वित महसुस गरेको बताउँछन् । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका […]

एमालेबाट मोरङमा तीन पालिका प्रमुख सहित चार दर्जन वडाध्यक्षका उम्मेदवार सर्वसम्मत

महेन्द्र विष्ट विराटनगर, २ वैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मोरङका १७ वटा स्थानीय तहका झण्डै चार दर्जन वडाध्यक्ष र दुईवटा पालिका प्रमुखको उम्मेद्वार सर्वसम्मत रुपमा छनौट गरेको छ । मोरङको रङ्गेली नगरपालिकाको प्रमुखमा दिलीप बगडिया, जहदा गाउँपालिकाको प्रमुख कृष्ण गिरी (जयनरथ), उपप्रमुखमा आशा सोरेन र धनपालथान गाउँपालिकाका अध्यक्षमा […]

न्यूरो अस्पतालमा अत्याधुनिक हेमोडायलाइसिस सेवा सुरू

विराटनगर, १ वैशाख । विराटनगरस्थित न्यूरो अस्पतालमा हेमोडायलाइसिस सेवा सरू गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूरो अस्पतालले बिहीबार विहान हेमोडायलाइसिस सेवा सुरू गरेको हो । उक्त हेमोडायलाइसिस सेवा विराटनगरको महेन्द्रचौकस्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटल भएको ठाउँमा अत्याधुनिक उपकरण जडान गरि सेवा सुरू गरिएको अस्पतालले जनाएको छ । हेमोडायलाइसिस युनिटमा भेन्टिलेटरसहितको आइसियू सेवा […]

अवैध भारतीय रूपैयाँसहित विराटनगरबाट चार जना पक्राउ

विराटनगर, ३० चैत । अवैध भारतीय रूपैयाँ (भारु)सहित चार जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना नेपाली नागरिक छन् । स्रोत नखुलेको भारती नोटसहित भारतीय नागरिक ३७ वर्षीय अभिनास मुखिया, २९ वर्षीय विष्णुदेव मुखिया तथा सुनसरीको बर्जु गाउँपालिका–१ का ३८ वार्षीय सुरज ऋषिदेव र शिवकुमारी ऋषिदेव पक्राउ […]