सीएनआई कोसी एक्स्पोको तयारी अन्तिम चरणमा

विराटनगर १७ माघ । सीएनआई कोसी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विहीबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्षे केपी शर्मा ओलीले उद्घाटन गर्ने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो ।विराटनगर महानगरपालिका–२ स्थित शंकरपुरमा माघ १९ देखि २८ गते सम्म सञ्चालन हुने अन्तराष्ट्रिय स्तरको कृषि […]

आवस्यक कागजात पुगे मोरङमा एक घण्टा भित्रै नागरिकता वितरण हुने

विराटनगर, १७ माघ । जिल्ला प्रशासन कार्यालय मोरङले सेवाग्राहीलाई एक घण्टाभित्र नागरिकता प्रमाणपत्र उपलव्ध गराउने भएको छ । मोरङमा भर्खरै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले आज जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार एवं मानवअधिकारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा नागरिकता प्रमाणपत्र लिनका आवश्यक पर्ने सम्पूर्ण कागजपत्र उपलव्ध गराएको अवस्थामा एक घण्टा भन्दा अझ छिटो समयमा […]

फागुन ६ देखि मोरङको सुन्दरहरैंचामा स्काउटको संयुक्त क्याम्प संचालन हुने

विराटनगर १७ माघ । आगामी फागुन ६ गतेदेखि मोरङको सुन्दरहरैचामा नेपाल स्काउटको संयुक्त ट्रेनिङ क्याम्प संचालन हुने भएको छ ।  मोरङका सुन्दरहरैँचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी, केराबारी, लेटाङका स्थानीय स्काउट तदर्थ समितिहरुको संयुक्त आयोजनामा  ३ रात ४ दिनको क्याम्प संचालन हुन लागेको हो । संयुक्त ट्रेनिङ क्याम्प मूल समारोह समितिका संयोजक बादल देवानले आज विज्ञप्ति जारी […]

शैलजा आचार्य स्मृति पोलिटेक्निकको २१ औं वार्षिक उत्सव सम्पन्न

विराटनगर, १७ माघ । मोरङको जहदा गाउँपालिका – ४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकले २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ । वर्षेनी रोजगारमुखी विद्यार्थी उत्पादन गर्दै आएको उक्त पोलिटेक्निकले सोमबार एक कार्यक्रमको बिच वार्षिक उत्सव मनाएको हो । उक्त अवसरमा ३९ जना उत्कृष्ठ विद्यार्थी पुरस्कृत भएका छन् […]

उपेक्षित उष्णप्रदेशिय रोगको नियन्त्रणका लागि तीनै तहको सरकारवीच समन्वयमा जोड

विराटनगर १७ माघ । उपेक्षित उष्णप्रदेशिय रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न ३ तहको सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने वक्ताहरुले बताएका छ्न । प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित चौथो विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवश २०७९ को अवसरमा विराटनगरमा सोमबार आयोजित कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन । विशेषगरि गर्मी ठाउँ र सिमान्तकृत समुदायमा देखिने […]