जिफन्टद्धारा कोशी अस्पतालमा उपचाररत ७५ महिलालाई फलफूल वितरण

विराटनगर २५ फागुन । ११४ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कोशी अस्पतालमा उपचाररत ७५ जना महिलाहरुहरुलाई फलफूल वितरण गरिएको छ ।

जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाको नेतृत्वमा गएको टोलीले विस्कुट, फलफूल र प्याकेटवाला सुप वितरण गरिएको हो । जिफन्टले ८ मार्चका अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आइरहेको अध्यक्ष धमलाले बताउनुभयो ।

आजै महिला श्रमिकहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जिफन्ट कोशी प्रदेश कमिटीका अध्यक्ष धमलाले बताउनुभयो ।