विराटनगर ४ माघ । ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न समुदायका गर्भवती महिलालाई अस्पतालसम्म सहज पहुँचका लागि विराटनगरस्थित निजी अस्पतालले आजदेखि ‘छोरी बचाऊ ,आमा बचाऊ’ कार्यक्रम शुरु गरेको छ । विराटनगर –११ स्थित पारस मल्टीस्पिसियालिटी अस्पतालाले आफ्नो खर्चमा छोरी बचाऊ अभियान अन्तर्गत सञ्चालित सो कार्यक्रममा गर्भवती महिलालाई निःशुल्क साधारण तथा शल्यक्रिया प्रसुति सेवा उपलव्ध गराउनुका साथै […]
विराटनगर ४ माघ । विराटनगर महानगरपालिकाले बरगाछी–रानी (सिक्स लेन) सडकको सौन्दर्यकरण गर्ने भएको छ । महानगरको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्था, विभिन्न व्यापारिक र सामाजिक संघसंस्थाको सहयोगमा सिक्स लेन सडकका डिभाइडरमा फूल र विरुवा रोपेर सौन्दर्यकरण गर्न लागेको हो । त्यसका लागि महानगरले विराटनगर क्षेत्रभित्र रहेका विभिन्न बैंकका प्रदेश प्रमुख र प्रतिनिधिहरूसँग छलफल गरेको […]
विराटनगर २ माघ । राष्ट्रिय शैक्षिक परामर्श संघ (एनईसीए ) कोशी प्रदेश समितिको अध्यक्षमा सन्तोष लिम्बु (कुरुम्बाङ) निर्वाचित हुनु भएको छ । दोस्रो बार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि लिम्बुको अध्यक्षमा ९ सदस्यीय समिति निर्वाचित भएको हो । संघको उपाध्यक्षमा रेणुकान्त यादव (विवेक), सचिवमा नरेन्द्र दंगाल, सह–सचिवमा राजु थापा र कोषाध्यक्षमा मैना राना […]
विराटनगर २ माघ । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था विदा दिने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत […]
विराटनगर १ माघ । विराटनगर ४ को आदर्श टोल विकास सस्थाले १० औं वार्षिक साधारणसभा गरेको छ । गत शनिबार इन्द्रेणी पार्टी प्यालेसमा भएको कार्यक्रममा सस्थाका अध्यक्ष भुपप्रसाद बास्तोलाले वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक गणेश बिमलीले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष विश्वराज पोखरेलले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । विराटनगर महानगरपालिकाका सामाजिक शाखा प्रमुख अनिता […]