एमाले मोरङको दशौं जिल्ला अधिवेशन स्थगित, ११ सदस्यीय कार्यसम्पादन समिति गठन

विराटनगर २० पुस । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । आगामी पुस २७–२८ गते विराटनगरमा गर्ने तय भएको अधिवेशन स्थगित गरिएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । जिल्ला अधिवेशनका लागि आवस्यक तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार अधिवेशनको मिति चाँडै तय […]

राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यक्रम आजदेखि शुरु

विराटनगर २० पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यक्रम आजदेखि शुरु भएको छ । कोशी प्रदेशका लागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज मतदाताको नामावली प्रकाशन गरिएको छ । निर्वाचन कार्यक्रम अनुसार आजै ४ वजे सम्म दावी विरोधका लागि उजुरी तथा (प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले […]

बाल संसारमा स्पोर्टस् मिट

विराटनगर २० पुस । विराटनगर ५ मा रहेको बाल संसार मन्टेश्वरीमा सप्ताहव्यापी स्पोर्टस् मिट सम्पन्न भएको छ । स्पोर्टस् मिटको अन्तिम दिन आज विभिन्न विधागत रुपमा प्रथम, दोश्रो र तेश्रो हुन विद्यार्थीहरुलाई मेडल सहित पुरस्कृत गरिएको प्रिन्सीपल खड्ग राईले जानकारी दिनुभयो । स्पोर्टस् मिटमा प्ले ग्रुप देखि कक्षा ५ सम्मका सम्पूर्ण विद्यार्थीले सहभागिता जनाएको उहाँले […]

कोशी प्रदेश सरकारको बेरुजू १ अर्ब ६४ करोड

विराटनगर १९ पुस । कोशी प्रदेश सरकारको बेरुजू १ अर्ब ६४ करोड पुगेको छ । आर्थिक वर्ष २०७९–८० मा प्रदेश सरकारको वेरुजू १ अर्ब ६४ करोड ६३ लाख १२ हजार पुगेको प्रदेश लेखा परीक्षक दामोदर खत्रीले बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले आज आयोजना गरेको लेखा परीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी […]

विराटनगर १४ द्धारा एसईई उत्तीर्ण तीस छात्रालाई साईकल वितरण

विराटनगर १९ पुस । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्ने ३० छात्रालाई विराटनगर महानगरपालिका १४ ले साईकल वितरण गरेको छ । छात्रालाई उच्च शिक्षा अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले साईकल वितरण गरिएको वडाध्यक्ष सूर्यनारायण महतोले जानकारी दिनुभयो । उहाँका अनुसार वडास्तरीय बजेटबाट कार्यक्रम बनाइ साइकल वितरण गरिएको उहाँको भनाइ छ । एसईई उत्तीर्ण गरेर विभिन्न […]