मोरङका ६ वटा वडामा हात्तिपाईले रोगको सर्भे गरिने

विराटनगर १८ पुस । मोरङका ६ वटा वडामा हात्तिपाईले रोगको सर्भे गरिने भएको छ । ६ वटा वडालाई तीनवटा ब्लकमा राखेर सर्भेको तयारी गरिएको मंगलबार आयोजित जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रममा जानकारी दिईएको हो । ब्लक ‘ए’ मा सुन्दरहरैचा–५ र केराबारी–६, ब्लक ‘वी’ मा पथरीशनिश्चरे ६ र रतुवामाई ७, ब्लक ‘सी’मा विराटनगर १२ र सुनबर्षी ९ […]

माईती नेपालद्धारा बालिका तथा किशोरीहरुसँग सचेतनामुलक कार्यक्रम

विराटनगर १८ पुस । माईती नेपाल विराटनगरले बालिका तथा किशोरीहरुसँग आज कानुनी विषयक अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा सीमावर्ती जोगवनीनाकाबाट उद्धार गरिएका युवतीहरु, घरेलु हिंसामा परेको महिलाहरु र विराटनगरका विभिन्न वडावाट बालिकाहरु गरि २३ जनाको सहभागिता रहेको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार मानव बेचबिखन तथा ओसारपसार र […]

स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियन्सीपमा पदक विजेता दिपा विष्टलाई विराटनगरमा सम्मान

विराटनगर १७ पुस । भारतको हैदराबादमा सम्पन्न १० औ विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियन्सीपमा पदक विजेता दिपा विष्टलाई विराटनगरमा सम्मान गरिएको   छ । मंगलबार जिल्ला मोरंग स्ट्रेन्थलिफ्टिङ संघद्धारा आयोजित सम्मान कार्यक्रममा मोरंग सुन्दरहरैचा नगरपालिकाकी विष्ट र सुनसरीका कविर भगत प्रधानानंगलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा मोरंग संघका अध्यक्ष नवजित राज प्रधानले भारतमा […]

स्थानीय सेवा गठन, संचालन र सेवाका शर्तहरु सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकको स्वास्थ्यकर्मीद्धारा विरोध

विराटनगर १७ पुस । कोशी प्रदेश सभामा पेश भएको स्थानीय सेवा गठन, संचालन र सेवाका शर्तहरु सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकले स्वास्थ्यकर्मीको सेवा सुविधा कटौती गरिएको प्रति स्वास्थ्यकर्मीहरुले आपत्ती जनाएका छन् । स्वास्थ्यकर्मीहरुले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कोशी प्रदेशसभामा पेश भएको मौजुदा संघीय स्वास्थ्य ऐनमा व्यवस्था भएका सेवा सुविधा कटौती गरेको प्रति स्वास्थ्यकर्मी, नर्स, […]

टोपी दिवसमा बुढानिलकण्ठ स्कुलको मार्चपास

विराटनगर १६ पुस । विराटनगर २ को बुढानीलकण्ठ अंग्रेजी आवासिय माविले ११ औं अन्तराष्ट्रिय टोपी दिवस मनाईएको छ । ‘हाम्रो नेपाली टोपी : मेरो गौरव, मेरो पहिचान, मेरो शान’ भन्ने कुरालाई अवगत गराउँदै सम्पन्न गरिएको सो कार्यक्रममा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले नेपाली टोपीका महत्व झल्काउने गीतहरुमा नृत्य प्रदर्शन र ढाका टोपीको महत्व झल्काउने […]