एमालेमा लाजमर्दो अन्तरघात भयो : अध्यक्ष ओली

विराटनगर, ११ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दाे अन्तरघात भएको बताउनु भएको छ । संसदीय दलको बैठकमा ओलीले अरु दलमा नदेखिएको अन्तरघात पार्टीभित्र देखिएको बताउनुभयो ।चुनाबमा एमाले नहारेको पनि उहाँले बताउनुभयो । एमालेले मेयर भन्दा उपमेयर धेरै जितेको नतिजा प्रस्तुत गर्दै अध्यक्ष ओलीले उपमेयर पनि मेयर बराबर नै भएको […]

विराटनगरमा कांग्रेसको विजयोत्सव ( फोटो फिचर)

विराटनगर, ८ जेठ । नेपाली कांग्रेस महानगर समितिको आयोजनामा आज विराटनगरमा भव्य विजय र्याली निकालिएको छ । महानगर प्रमुखमा निर्वाचित नागेश कोइराला, वडाध्यक्षहरु, सदस्यहरु सहभागि भएको र्यालीका कांग्रेस नेताहरु डा. शेखर कोइराला, डिला संग्रौला, अमृत अर्याल लगायतका नेताहरु सहभागि भएका थिए । कांग्रेसले महानगर प्रमुख सहित ६ वडाध्यक्ष जितेको छ ।

मोरङको रंगेलीमा एमालेको ऐतिहासिक जित, एक सदस्य बाहेक सवै एमालेका उम्मेदवार निर्वाचित

विराटनगर, ८ जेठ । मोरङको रंगेलीमा एमालेले ऐतिहासिक जित निकालेको छ । रंगेली नगरको ४७ पदको लागि भएको निर्वाचनमा एमालेले एक सदस्य बाहेक सवै पदमा विजयी भएको छ । वडा नम्वर ६ को एक सदस्य जसपाले जितेको छ । ९ वटा वडा रहेको रंगेलीमा एमालेले वडा नम्बर ६ मा एक सदस्य पद गुमाउनु बाहेक सवै […]

विराटनगरमा एमालेको स्थिति सुधार : उपप्रमुख, ९ वडाध्यक्ष र २७ वडासदस्य निर्वाचित

विराटनगर ७ जेठ । नेकपा एमालेले विराटनगरमा आफ्नो स्थिति सुधार गरेको छ । मेयर पदमा एमाले पराजित भएपनि उपमेयर सहित ९ वटा वडामा विजयी हासिल गर्नु एमालेको उपलब्धि हो । ०७४ को स्थानीय तह निर्वाचनमा तीन वटा वडा अध्यक्ष र केही सदस्यलाई निर्वाचित गराउन सकेको एमालेले कांग्रेस र जनता समाजवादी पार्टीको प्रभाव क्षेत्रमा पनि झण्डा […]

विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की निर्वाचित

विराटनगर, ७ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । कोइरालाले ३० हजार १ सय ७० मत ल्याए । एमालेका उम्मेदवार सागर थापालाई ८ हजार ७ सय १५ मत अन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन । थापाले २१ हजार ४५५मत ल्याए राप्रपाका प्रल्हादप्रसाद साहले ५ हजार २ […]