सदन र सरकार सहमतिबाट चल्नु पर्छ : मुख्यमन्त्री थापा

विराटनगर, ६ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सदन र सरकार सहमति र सहकार्यबाट चल्नु पर्ने बताउनुभएको छ ।

कोशी प्रदेश सभाको बैठक आज स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सहमति र सहकार्यको विकल्प नरहेको बताउनुभयो । जनताको चाहना र आवश्यकता पूरा गर्न सदन र सरकार आपसी सल्लाह, सहमति र सहकार्यबाट चलाउन प्रतिपक्ष दलका नेताहरुलाई आग्रह गर्दै उहाँले भत्रुभयो, “ कोशी प्रदेशको बजेट होली डे हुँदैन ।” सरकारको विषयमा प्रश्न उठाउँदै सर्वोच्च अदालत जाने प्रतिपक्ष दलका सम्बन्धमा उहाँले भत्रुभयो, “ सर्वोच्च अदालतको फैसलालाई शिरोधार्य गर्ने छु ।”

चालु आर्थिक वर्षका लागि अध्यादेशबाट आएको बजेटलाई पास गराउन आफू सकारात्मक रहेको र यसका लागि प्रमुख प्रतिपक्ष दलको भूमिका पनि सकारात्मक हुनु पर्ने भन्दै मुख्यमन्त्री थापाले बजेट पास गराउने समय अझै पनि रहेकाले यसमा प्रतिपक्ष दलहरु गम्भीर हुुनु पर्ने प्रतिक्रिया दिनुभयो ।