माेरङ २ मा बगडियाद्वारा चुनावी अभियान शुरू

विराटनगर ४ माघ । एमालेबाट माेरङ क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारकाे टुंगो लागे लगतै दिलिप बगडियाले चुनावी अभियान शुरू गर्नु भएकाे छ । साेही क्षेत्रका निवर्तमान सांसद तथा केन्द्रीय सदस्य ऋषिकेश पाेखरेलसँगकाे तस्बिर सामाजिक सञ्जालमा राख्दै अभियान शुरू भएकाे बताउनु भएकाे छ । माघ ६ गते मनाेनयन अघि मतदाता भेटघाट शुरू गरिएको […]

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने

विराटनगर २८ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबारसम्म लम्बिएको हो । विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार बैठक मंगलबारसम्म लम्बिएको हो । मंगलबार नै नेतृत्व चयनसमेत थालिने उहाँले बताउनुभयो । […]

प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्ने

विराटनगर २६ पुस । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् । रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन् । ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने, […]

नेकपाका उम्मेदवार नआएपछि राष्ट्रिय सभा सदस्यमा सुनील थापा निर्विरोध

विराटनगर २३ पुस । एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार सुनील थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ । ‘एक जनाको मात्रै मनोनयन परेकाले उहाँ निर्विरोध हुनु भएको छ,’ निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले भन्नुभयो,‘प्रक्रिया पूरा गरेर केही समयपछि आधिकारिक घोषणा गर्छाै ।’ नेकपाले अन्यतर्फ उम्मेदवार बनाएका संखुवासभाका हेमराज घिमिरे मनोनयन दर्तामा अनुपस्थित भएपछि थापा […]

समानुपातिकतर्फ बन्दसूची पेस गरेका ६४ दलकै बन्दसूची मिलेन

विराटनगर २२ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ बन्दसूची पेस गरेका ६४ वटै दलकै बन्दसूची नमिलेको पाइएको छ । निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुस १३ र १४ गते गरी दुई दिनको समय सीमाभित्र ५४ वटा दलले ५८ वटा निर्वाचन चिन्हमा भाग लिने गरी पेस […]