लेटाङ घटना, ६३ जनामाथि अनुसन्धान हुँदै

विराटनगर, २५ चैत । महिला प्रहरीको हत्या, विद्यालय र सवारीसाधनमा तोडफोड, आगजनी तथा आक्रमण गरिएको मोरङको लेटाङ घटनामा संलग्न भएको आरोपमा हालसम्म ६३ जनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । पक्राउ गरिएका ६३ जनामध्ये २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताउनु भयो । ४३ जना विरुद्ध अभद्र व्यवहारको […]

लेटाङका नगरप्रमुखद्धारा गाडी नगरपालिकालाई फिर्ता

विराटनगर, २५ चैत । मोरङको लेटाङ नगरपालिकाका मेयर शंकर राईले सरकारी गाडी नगरपालिकालाई फिर्ता गर्नु भएको छ । नगर प्रमुख राईले आफूले प्रयोग गर्दै आएको को १ झ ५१७ नम्बरको गाडीको चाबी हिजो प्रमुख प्रसासकीय अधिकृत अच्युतप्रसाद दाहाललाई फिर्ता दिनु भएको हो । स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको र पार्टीले आयोजना गरेका चुनावी कार्यक्रममा […]

उर्लाबारीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर २५ चैत । मोरङको उर्लाबारीमा पिकअप भेनको ठक्करबाट बिहीबार राति एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–४ आइतबारेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कोे १ च ६३९९ नम्बरको पिकअपले को ३२ प ६९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाका अनुसार […]

२० लाख डोज कोभिड १९ विरुद्धको खोप खेर जाने

विराटनगर, २४ चैत । सरकारले चैत मसान्तभित्रमा सबै लक्षित समूह (१८ वर्षभन्दा माथि) लाई खोप लगाइसक्ने भनेको थियो । लक्ष्यअनुसार एक करोड ९९ लाख २२ हजारभन्दा बढीलाई चैत मसान्तभित्र खोप लगाउनु पर्ने छ । तर, हालसम्म ८२.८ प्रतिशतले पूर्ण मात्रा र ९३.७ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् । लक्ष्यमा पुग्न सरकारले अब एक […]

विराटनगरमा एमालेका सबै वडाले चैत २५ गते उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने

विराटनगर, २४ चैत । नेकपा एमाले विराटनगर महानगरका सबै वडा कमिटीले चैत २५ गते स्थानीय तहकालागि उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने भएको छ । आज बसेको नेकपा एमाले महानगर कमिटीको बैठकले २५ गते एकैदिन सवै वडाकमिटी र वडा संयन्त्रको बैठक बसेर नाम सिफारिस गर्न निर्देशित गरेको हो । यस्तै बैठकले चैत २६ गते महानगर कमिटीको बैठक […]