विराटनगर, २८ साउन । प्रजातान्त्रिक विचार समाज मोरङको अध्यक्षमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी चयन हुनु भएको छ । समाजको आज विराटनगरमा सम्पन्न १३ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुखसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा रमानाथ भट्टराई, […]
विराटनगर, २८ साउन । विराटनगर महानगरपालिकाले विराटनगरको समग्र विकासका लागि विषय विज्ञहरूसित छलफल सुरु गरेको छ । महानगरले विषय विज्ञलाई बोलाएर तत्कालीन, अल्पकालीन र दीर्घकालीन के कस्ता योजना ल्याएर विराटनगरको वृहत्तर विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरेको हो । छलफलमा सहभागीहरूले सबैलाई करको दायरामा ल्याएर महानगरको आम्दानी बढाउनुपर्नेमा जोड दिए । उनीहरूले विराटनगरको […]
विराटनगर– विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएपछि बुधवार डिस्चार्ज भएको हो । स्पाइनल कर्डमा ट्युमर भएको कारणले प्रतिज्ञा हिँडडुल गर्न नसक्ने भएर […]
विराटनगर, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने भएको छ । प्रदेश नं. १ कमिटीको आज बसेको सचिवालय बैठकले भदौमा प्रदेशका सबै वडा तहमा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको छ । सचिवालय बैठकमा प्रदेश नंं. १ पार्टीका १४ वटै जिल्ला […]
विराटनगर, २७ साउन । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले पत्रकार कमल पौडेल सहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने चार जना व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । कृष्णप्रसाद सिग्देलको १३ औं स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले पत्रकारिता तर्फ मकालु टिभीका समाचार प्रमुख पौडेललाई पुरस्कृत गरेको छ । पत्रकार पौडेललाई नगद २१ हजार १११ सहित पुरस्कृत गरिएको […]