पत्रकार महासंघको सदस्यता शुद्धिकरण आस्थाका आधारमा नगर्न चौतारीको चेतावनी

विराटनगर १८ असार । प्रेस चौतारी नेपाल कोशी प्रदेशले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण र नयां सदस्य बितरणको १५ बुँदे मापदण्डलाई अक्षरस पालना गर्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ध्यानाकर्षण गराएको छ ।

महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्भव घिमिरेलाई आईतबार चौतारी प्रदेश अध्यक्ष अबिजाल बिष्टले ध्यानाकर्षण ज्ञापन पत्र बुझाउनु भएको हो । चौतारी अध्यक्ष बिष्टले ध्यानाकर्षण प्रति बेवास्था गरिए संगठनले जस्तो सुकै संघर्षका चरणबद्ध कार्यक्रमहरु पनि ल्याउन बाध्य हुने चेतावनी दिनुभएको छ । उहाँले नेपाल पत्रकार महासंघ केन्द्रले गरेको सर्कुलर अनुसार सदस्यता शुद्धिकरण र नयां सदस्य बितरणको १५ बुँदे मापदण्डलाई पालना गर्न गराउन नेपाल पत्रकार महासंघ कोशी प्रदेशसंग सहकार्य र सहयोग गर्न सधै तयार रहेको अध्यक्ष विष्टले बताउनुभयो ।

सुनसरी, झापा, तेह्रथुम, संखुवासभा र पांचथरका जिल्ला शाखाहरुमा आस्थाका आधारमा सदस्यता सुद्धिकरण तथा नयाँ सदस्यता सिफारिस गरिएको भन्दै चौतारीले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष लिलाबल्भव घिमिरेले समस्याको समाधान गर्न चौतारीले दिएका यो ज्ञापन पत्रले महासंघलाई झन सहज हुने बताउनुभयो ।