विराटनगर १ भदौ । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिदैछ । विराटनगर १ स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा दिउँसो ३ बजेबाट सुरु हुनेछ । आज ५८ औं संस्करणको रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ । नगर परिक्रमाका समयमा ४३ स्थानमा विश्राम लिने बताइएको छ । विक्रम […]
विराटनगर १ भदौ । विराटनगरमा आज आइतबार निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको अवसरमा महानगरपालिकाका मेयर नागेश कोइरालाले शुभकामना व्यक्त गरेका छन् । एसियाकै दोस्रो ठूलो भनिने यस रथयात्रालाई भव्य, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न उनले सम्पूर्ण भक्तजनलाई आह्वान गरेका छन् । नेपालको बहुल भाषा, धर्म र संस्कृतिको प्रतिनिधित्व गर्ने विराटनगरजस्तो सहरमा विविधताभित्रको एकता झल्काउने खालका […]
दमक ३१ साउन । जैविक विविधताको अध्ययन,अनुसन्धान,संरक्षण तथा कल्याणकारी कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको जैविक अनुसन्धान तथा संरक्षण केन्द्र (बीआरसीसी)को प्रथम साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । शनिवार दमकमा बसेको साधारण सभाले जीवनकुमार गुरुङको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्य समिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा जसहाङ लिम्बू, सचिवमा […]
विराटनगर ३१ साउन । नेपाल पत्रकार महासंघ मोरङले कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार तिर्थ कोइरालालाई प्रदान गर्ने भएको छ । नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष तथा न्युज २४ का प्रधानसम्पादक कोइरालालाई कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने महासंघले निर्णय गरेको हो । पुरस्कारको राशी २५ हजार रहेको छ । सो पुरस्कार आगामी भदौ ७ […]
विराटनगर, ३१ साउन । मोरङको कटहरी गाँउपालिका वडा नं. ५ मा रहेको भगवती आधारभूत विद्यालयमा नयाँ भवन निर्माण गरिएपछि आज उद्घाटन गरिएको छ । शुक्रबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेकोले बालबालिकाहरुलाई आधारभूत शिक्षा प्रदान गर्न शिक्षक र कर्मचारीहरुले पनि काम गर्न आग्रह […]