विराटनगर १ पुस । गत भदौ २४ गते भएको जेन्जी आन्दोलनको क्रममा क्षति भएको डिभिजन वन कार्यालय मोरङको कार्यालय पुनःनिमार्ण तथा मर्मत संभारमा सहयोग पुर्याउने ४६ वटा संघसंस्थालाई आज सम्मान गरिएको छ ।
आन्दोनको क्रममा आगजनीका कारण क्षति भएका संरचना पुन :निर्माण तथा प्रशासनिक सेवा संचालनका लागि कार्यालयलाई भौतिक तथा जिन्सी समाग्री उपलव्ध गराउने मोरङका साँझेदारी तथा सामुदायिक वन तथा वन पैदावारमा जोडिएका काठ व्यवसायी तथा स–मिलका सञ्चालकलाई कार्यालयले सम्मान गरेको हो । सो कार्यालयले एक कार्यक्रमको आयोजना गरि सहयोगी संस्थाहरुलाई कदरपत्रद्धारा सम्मान गरेको थियो ।
कम्प्युटर, टेलिभिजन, कुर्सी , टेवल, दराज सोफा सेट कार्यालयलाई आवश्यकपर्ने झयाल, ढोका लगायत विजुली वत्ती तथा खानेपानी जडानका तथा रंगरोगनका लागि उनीहरुले कार्यालयलाई सहयोग गरेका थिए ।
संस्थाहरुले कार्यालयलाई ३३ लाख २२ हजार वरावरको जिन्सी तथा भौतिक समाग्री सहयोग गरेको डिभिजन वन कार्यालय मोरङ प्रमुख उत्सव थापाले वताउनुभयो ।
भदौ–२४ गते भएको आन्दोलनको क्रमममा कार्यालयमा आगजनी , तोडफोड तथा सवारी साधनमा आगजनीहुदा कार्यालयको २ करोड ६४ लाख वरवरको सम्पती क्षति भएको कार्यालयका अधिकृत घनश्याम यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाले, स्वतसर्फुत प्राप्त सहयोगका कारण पुर्ण रुपमा कार्यालय संचालनगर्न अहिले सहज भएको वताउनुभयो । संघसंस्थाले समयमा गरेको सहयोगले कामगर्न थप उर्जा प्रदान भएकाले नागरिकहरुलाई दिदै आएको सेवाप्रभामा कुने कसर वाकि नराख्ने उहाको भनाई थियो ।
वन अधिकृत रामलखन ठाकुर, नन्दीप्रसाद काफले, लेखा अधिकृत सुनिता प्रधान लगायतले स्थानीय स्तरवाट प्राप्त सहयोगको सर्हना गर्नुभयो ।
वन उपभोक्ता लागयतका विभिन्न संस्थाहरुले सहयोग गरेपछि कार्यालयको सवै सेवा संचालनमा आएको सो कार्यालयका वन अधिकृत रामलखन ठाकुरको भनाई छ । ध्वस्त भएका संरचना निमार्णका लागि केहि सामुदायिक वनहरुले त्यस्ता संरचना निमार्णमा सहयोग गर्ने प्रतिवद्धता जनाएको वन अधिकृत ठाकुरले वताउनुभयो ।