विराटनगरबाट अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न माग

विराटनगर १५ बैशाख । विराटनगर विमानस्थललाई विस्तार गरी क्षेत्रीय अन्तर्राष्ट्रि हवाई उडान सञ्चालन गर्नुपर्ने सुझाव यस क्षेत्रका पर्यटन व्यवसायी एवं उद्यमीले दिएका छन् । नेपाल टुरिजम फेडरेशनद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विराटनगरबाट छिमेकी देश भारतका विभिन्न शहर,वंगलादेश, भूटान, चीन, म्यानमार, थाइलैण्ड, लावस र भेयतनाम लगायत देशका पर्यटक आगाममन वृद्धिका लागि क्षेत्रीयस्तरीय अन्तर्राष्ट्रिय हवाई शुरु […]

बबरसिंह–देवकुमारी स्मृति सम्मानबाट स्रष्टाद्वय पाँडे र ताम्राकार पुरस्कृत

विराटनगर १५ बैशाख । बबरसिंह – देवकुमारी थापा सेवा गुठी विराटनगरले आज विराटनगरमा दुई जना स्रष्टाहरुलाई पुरस्कृत गरेको छ । गुठीले देवकुमारी थापा स्मृति सम्मान –२०८० बाट प्रसिद्ध हास्यब्यङ्ग्यकार रामकुमार पाँडेलाई नगद रु ५१ हजार र बबरसिंह थापा स्मृति सम्मानबाट कथाकार रिता ताम्राकारलाई रु २५ हजार सहित पुरस्कृत गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख […]

मिल्स गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर १५ बैशाख । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ । […]

विराटनगरको मदरल्याण्ड स्कुलमा निःशुल्क योग शिविर

विराटनगर १५ वैशाख । विराटनगरको मदरल्याण्ड एकेडेमी सेकेन्डरी स्कुलले निःशुल्क योग शिविरको आयोजना गरेको छ । विराटनगर महानगरपालिका–४ मा रहेको स्कुलमा निःशुल्क योग विज्ञान शिविरको आयोजना गरिएको हो । पतञ्जलि योग समिति मोरङ, महिला पतञ्जलि योग समिति मोरङ र पतञ्जलि योग महानगर समिति विराटनगरको सहयोगमा साताव्यापी शिविरको आयोजना गरिएको छ । पतञ्जलि योगका आजीवन सदस्य […]

पूविको १२ औँ दीक्षान्त समारोह : गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा प्रधानमन्त्री दाहालको जोड

विराटनगर १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताउनु भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयार गरी मेडिकल […]