विराटनगर ७ साउन । नेकपा एमाले विराटनगर महानगरका १९ वटै वडाको अधिवेशन साउन १७ गते एकै दिन गरिने भएको छ । महानगर कमिटीको आज बसेको प्रथम सचिवालय बैठकले सो निर्णय गरेको हो । महानगर कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय बमोजिम श्रावण १७ गते शनिबार नेकपा एमाले विराटनगरको १९ वटै वडा कमिटीको तेस्रो वडा अधिवेशन एकै […]
विराटनगर ७ साउन । नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र, केन्द्रिय समितिको संयुक्त पाँचौ राष्ट्रिय महाधिवेशनले मखनलाल सरदारको सभापतित्वमा मंगलवार पदाधिकारी सहित ४० जना केन्द्रीय सदस्य समितिले सपथ ग्रहण लिएका छन् । सप्तरी जिल्लामा आयोजित सपथ ग्रहण कार्यक्रममाका बीच सरदारको सभापतित्वमा उनीहरुले मंगलवार सपथ ग्रहण लिएका हुन् । नव निर्वाचित कार्य समतिका पदाधिकारहरुलाई […]
विराटनगर ६ साउन । लेखक केशु विरहीको अध्यक्षतामा मोरङमा ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक संस्था गठन भएको छ । मोरङ जिल्लाका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका विशिष्ठ व्यक्तित्वहरूको उपस्थितिमा विरहीको अध्यक्षतमा १३ सदस्यीय तदर्थ समितिको गठन गरिएको हो । तदर्थ समितिमा विष्णु भण्डारी आचार्य (उपाध्यक्ष), नवराज पोखरेल ‘नवशिला’ (सचिव), गीता […]
विराटनगर ६ साउन । वीपी कोइरालाको विचार र सिद्धान्तलाई नेपाली कांग्रेसले भुल्दै गएका कारण पार्टी कमजोर हुँदै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । वीपी कोइरालाको ४३ औं स्मृति दिवसका अवसर पारेर नेपाली कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले वीपीको आदर्श, सिद्धान्त र विचारलाई आत्मसाथ गरेर अगाडि बढे कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे […]
विराटनगर ६ साउन । विराटनगरको ग्रिनल्याण्ड कलेजमा कक्षा ११ मा भर्ना भएका ७५१ विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा कलेजले विज्ञान तथा व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा कलेजका प्राचार्य दिनेश दाहालले विद्यार्थीको नयाँ शैक्षिक यात्रा शुरु भएको बताउनुभयो । उहाँले […]