विराटनगर २८ माघ। नेपाल स्काउट, कोशी प्रदेश समितिको आयोजनामा माघ २५ गतेदेखि सुरु भएको तीन दिने चौथो प्रादेशिक ज्याम्बोरेट सम्पन्न भएको छ । आज स्काउटका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतमा भएको समापन कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, नेपाल स्काउटका राष्ट्रिय सहप्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय सामुदायिक विकास आयुक्त सुदर्शन […]
विराटनगर २८ माघ । मोरङको ग्रामथान गाउँपालिका वडा नं. २ झोराहाटमा सञ्चालित रेमिट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा सहकारीले सोमबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । खुल्ला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए भने ४३ प्रिन्ट रगत संकलन भएको थियो […]
विराटनगर २८ माघ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले ताप्लेजुङ्गको पाथीभरामा केबलकार निर्माणमा देखिएको समस्या वार्ताद्वारा समाधान गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आज विराटनगरमा आयोजित मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो स्थानको विवाद व्यवसायिक र पहिचान पक्ष भएकोले एकअर्कालाई सम्मान गरी मिलेर समस्या समाधान गरी जान […]
विराटनगर २८ माघ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकार परिवर्तन गर्ने कुनै सोच नरहेको बताउनु भएको छ । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले वर्तमान सरकारले देश जनताको हितमा राम्रो काम गर्नुपर्नेमा जोड दिनु भयो । नेता खनालले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था नरहेकोले […]
विराटनगर २७ माघ । शिक्षादीप कलेज विराटनगरका विद्यार्थीले वार्तालाप गर्ने रोबर्ट बनाएका छन् । ६ दिने कार्यशालामा विद्यार्थीले कन्भरसेसन गर्ने रोबर्ट बनाएका हुन । रोबर्टसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वार्तालाप गर्नुभएको थियो । शिक्षादीप कलेजले कोड हिमालय र द स्क्वाड चेन्ज मेकरसँगको प्राविधिक सहयोगमा विद्यार्थीका लागि आयोजना गरेको ६ दिने रोबोटिक्स खगोल विज्ञान उड्ययन […]